स्टाफ नर्स र चिकित्सक छनौट परीक्षा २५ चैत देखि

काठमाडौँ, १८ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त चिकित्सक तथा नर्सको छनौट परीक्षा आगामी २५ चैतबाट सुरु गर्ने जनाएको छ ।

प्रतिष्ठानका अनुसार आगामी २५ चैतमा स्टाफ नर्सको प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा लिखित परीक्षा तथा २७ चैतमा अन्तर्वार्ता हुने छ भने चिकित्सकको अन्तर्वार्ता आगामी ३१ चैतमा काठमाडौँमा हुनेछ ।

प्रतिष्ठानले विभिन्न रिक्तपदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै गत फागुन १४ र १६ गते सूचना प्रकाशित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *