फ्लु फैलिन नदिन दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा थुपारियो

टोकियो, ११ चैत । कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ ।

सयौँ सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

देशभरी रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौ कुखुरा नष्ट गरिसकिएको छ ।

उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिने भएको छ ।

कुखुरा सङ्कलन गरी नष्ट गर्ने टोली झन्डै दुई लाख २० हजार कुखुरा मार्न मियागी क्षेत्रमा जाने अधिकारीले जनाएका छन् । टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा ६८ हजार कुखुरा नष्ट गरिने भएको छ ।

“स्थानीय सरकारको आग्रहमा ‘सेल्फ डिफेन्स फोर्स’ले कुखुरा भएका ठाउँहरुको खोजी गरी कुखुरा र अण्डा सङकलन र नष्ट गर्ने कार्य गर्ने भएको छ ।

कुखुरा मार्नका लागि रक्षा मन्त्रालयले ३७० ओटा समुह ती क्षेत्रमा पठाएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *