काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

बनेपा ११ चैत । काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।

क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ । जिल्लामा अहिले दुई जना बहुऔषधि प्रतिरोध (एमडीआर) का बिरामी उपचारका क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत राजाराम अधिकारीले विगतको तुलनामा यो जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो अवस्थामा रहेको बताए ।

जिल्लाको पाँचखाल, बनेपा, भकुन्डेबेसी क्षेत्रमा सबैभन्दा बढी क्षयरोगका बिरामी छन्, उनले भने — दुर्गम क्षेत्रका विभिन्न १४ वटा स्वास्थ्य चौकीमार्फत बिरामीको निःशुल्क उपचार भइरहेको छ ।

क्षयरोगका बिरामीलाई पोषणका लागि रु ५०० वितरण गरेको जानकारी दिँदै जिल्लाको १४ वटा स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।

छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, खकारमा रगत देखापर्नु, दुई हप्ता वा सो भन्दा बढी लगातार खोकी लाग्नु क्षयरोगको लक्षण मान्निछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *