पाठेघरको मुखको क्यान्सरको परीक्षण देशभर नि:शुल्क

काठमाडौं, ९ चैत । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परीक्षण (भिआईए टेष्ट स्क्रिनिङ सेवा ) सेवा सुरु गर्ने भएको छ ।

नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले यो सेवा सुरु गर्न लागेको हो ।

नुवाकोटको विदुरमा भएको आजदेखि सुरु भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाएको शुभकामना सन्देशमा स्वास्थ्यमन्त्री गगन थापाले सो कुरा उल्लेख गरेका हुन् ।

उनले पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको जानकारी दिदै आगामी बर्ष देखि यो कार्यक्रम समेत विस्तार गर्ने उल्लेख गरे । ‘आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको छ,’ मन्त्री थापाले भने ।

मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परीक्षण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *