मानसिक अस्पतालका नर्सहरुको अनुभव ‘आउँदा गाली गर्ने, फर्किँदा माफी माग्ने’

काठमाडौँ, ९ चैत । मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरूलाई भने धेरै समस्या हुने गरेको पाइन्छ । अरू रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।

एकान्तकुनास्थित रिदम न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टरमा विगत दुई वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत सुन्दरी खड्का (स्मृति) मानसिक रोगीलाई अन्य बिरामीभन्दा बढी समय छुट्याउनुपर्ने अनुभव व्यक्त गर्छिन। उनी भन्छिन्, मानसिक रोगी अस्पतालमा आउँदा क्रोधमा आउने भएका कारण अलि समस्या हुने र उनीहरूलाई सम्झाउन तथा बुझाउन कठिन हुन्छ भन्दै थप्नुहुन्छ, ‘‘रिसाएको बेला अपशब्द बोल्ने गर्छन् त्यस्तो बेला हामी संयमित हुनु आवश्यक हुन्छ । ’

औषधि खान दिँदा रोगीहरू भाग्ने, खान नमान्ने, फाल्नेजस्ता व्यवहार गर्छन् त्यस्तो बेला गार्ड दाइको मद्दत लिनुपर्ने जानकारी दिँदै उनले भनिन्, ‘नसाबाट दिनुपर्ने औषधि लगाउन झन् गाह्रो हुन्छ, मान्दै मान्दैनन्, त्यसबेला रोगीको परिवार र गार्ड दाइको मद्दतबाट हात खुट्टा समातेर दिनुपर्ने हुन्छ । ’

अस्तालमा बढी साइकोसिस, लागूपदार्थ दुव्र्यसनमा फसेका तथा जाँड, रक्सी खानेहरू आउने गरेको जानकारी दिँदै खड्का भन्छिन्, ‘‘लागूऔषध तथा जाँड रक्सीको कुलतमा फस्नेहरू त अस्पतालमा आउँदा पनि अब कताबाट ल्याउने हामीलाई रक्सी ल्याउदेऊ जस्ता कुरा पनि गर्ने गर्छन्, त्यस समयमा हामीले सम्झाउन अलि कठिन हुन्छ । ’’

बिस्तारै औषधि सेवन गरेपछि उहाँहरू ठीक भएर घर जाँदा भने बिरामीहरूले होस नभएको समयमा भएको दुव्र्यवहारप्रति माफी माग्नुहुन्छ । तिमी मेरो छोरी नातिनी बहिनीजस्तै हो नरिसाऊ है भन्दै माफी माग्नेहरू धेरै छन् ।

यता पोखरास्थित मणिपाल अस्पतालमा विगत चार वर्षदेखि मानसिक रोगी कक्षमा कार्यरत जमुना थापालाई भने मानसिक रोगीले लात हानेको सम्झना भने नराम्रो छ । उनी भन्छिन्, ‘‘कहिलेकाहीँ त कस्तो होला नर्स भएर पनि लात खानुपर्ने जस्तो लाग्छ तर पछि मनलाई बुझाउँछु । ’’

मानसिक रोगीलाई हेर्न धेरै समस्या पर्छ झन् नबोल्ने खालको बिरामीलाई हेर्न त कुरै नगराउनुस् । उनी भन्छिन्, औषधि खाइदिँदैन, आफ्नै संसारमा हुन्छन्, रिसाहा हुन्छ, त्यस्तो व्यक्तिलाई नियन्त्रण गर्न अति कष्ठ हुने हुन्छ । खड्काजस्तै थापालाई पनि बिरामीलाई औषधि दिने समयमा कष्ट हुने रोगीहरूलाई धेरै सम्झाउनुपर्ने हुन्छ भने नसाबाट दिनुपर्ने औषधि दिने समयमा गार्ड दाइको मद्दतले हात खुट्टा समातेर दिनुपर्छ त्यो समयमा कति लात खानुपर्छ त्यो भने मन नपर्ने पनि थापा भन्छिन् ।

उनी भन्छिन, ‘‘कहिलेकहीँ मानसिक रोगीसँग उनीहरूको कुरा सुन्दा, उनीहरूबारे सोध्दा त आफूलाई पनि कता कता रुन मनलाग्छ यस कारणले पो मानसिक रोगी भयो जस्तो लाग्छ । हामी उनीहरूको कुरा सुन्दा खुसी हुन्छन् र भनेको पनि मान्ने गर्छन् । ’’ उनले मानसिक रोगीमा युवापुस्ता बढी आउने कारण नाच्ने गाउने रमाइलो गर्छन् र हामी पनि फुर्सदको समयमा उनीहरूसँगै रमाइलो गर्ने जानकारी दिईन ।

विगत तीन वर्ष ट्रयानक्युलिटी अस्पतालमा मानसिक कक्षमा काम गरिरहेको प्रज्ञा थापाको भनाइ पनि फरक छैन । मानसिक रोगीहरूको झापड र लात त कति खानुपर्छ । उनले पनि सामान्य बिरामीभन्दा मानसिक रोगीलाई हेर्न र सम्हाल्न कठिन हुने गरेको बताइन। मानसिक रोगीका पनि विभिन्न प्रकार हुन्छन् । मानसिक रोगीसँग गर्नुपर्ने व्यवहार पनि फरक हुने बताउँदै थापाले ् गीत गाउने, रमाइलो गर्ने, सोध्ने गर्ने हो भने खुसी हुने अनुभव सुनाईन ।

थापा भन्छिन्, ‘‘मानसिक रोगीहरू आफ्नै हिसाबको हुने कारणले हामीले कुरा धेरै गर्नुपर्छ भने अरू बिरामीलाई एक घण्टा दिनुपर्दा मानसिक रोगीलाई दुई घण्टा छुट्टयाउनुपर्छ । ’’ अरूलाई चोट पु¥याएको खण्डमा इलेक्ट्रिक सक पनि दिने र नभए औषधिले नै ठीक पार्ने प्रयास गरिन्छ ।

आजको गोरखापत्रमा समाचार छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *