आज देखि शहीद शुक्रराज अस्पतालको पनि आफ्नै फार्मेसी


काठमाडौँ, ७ चैत । आज देखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । केन्द्रीय अस्पताल मध्येको एक मानिने यो अस्पतालले स्थापनाको ८३ बर्ष पछि आफ्नै स्वामित्वको फार्मेसी सञ्चालनमा ल्याएको हो ।

सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीति अनुरुप मन्त्रालयले सबै केन्द्रीय, अन्चल,क्षेत्री, उपक्षेत्रीय तथा जिल्ला अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही नीति अनुरुप शुक्रराजले आजबाट फार्मेसी सञ्चालनमा ल्याएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले फार्मेसी खोल्न भन्दै बीउ पूँजीको रुपमा दिएको ३० लाख रुपयाँबाट फार्मेसी स्थापना गरिएको अस्पतालका निर्देशक डा रमेश खरेलले जानकारी दिए । ‘सबै पैसा खर्च भएको छैन् , अहिले ५ लाख रुपैयाँ औषधिका लागि खर्च गरेका छौँ,’  डा खरेलले भने, ‘व्यवस्थापनका लागि अरु केही रकम खर्च भएको छ ।’

अस्पतालको आफ्नो फार्मेसी सञ्चालनमा आएसंगै अस्पताल परिषरमा सञ्चालित साझाको औषधि पसल बन्द हुने डा खरेलले बताए ।
फार्मेसी सुपरभाईजर टेकेन्द्र मिश्रले अस्पतालको फार्मेसीमा करीब १५० प्रकारको औषधि रहेको जानकारी दिए । ‘आज हामीले सुरुवात गरेका छौँ भोलीबाट आवश्यकता अनुसार औषधिको भेराईटी थपिदै जानेछ । विरामीका लागि आवश्यक सबै औषधि हामी यही उपलव्ध गराउनेछौँ ‘  मिश्रले भने ।

निर्देशक डा खरेलले फार्मेसी खुलेसंगै सेवाग्राहीलाई बाहिर भन्दा सुलभ र सस्तो दरमा औषधि पाउने दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *