तीन बर्ष अघि बनाएको मुख स्वास्थ्य नीति कता थन्कियो ?

काठमाडौँ, ७ चैत । राष्ट्रिय मुख स्वास्थ्य नीति कार्यान्वयन नहुँदा मुख स्वास्थ्यका क्षेत्रमा सुधार हुन सकेको छैन् । तीन बर्ष अघि बनाएको राष्ट्रिय मुख स्वास्थ्य नीति कार्यान्वयन नहुँदा समस्या भएको हो ।

नेपाल डेन्टल एशोसियसनका महासचिव मनोज हुमागाईले देशभरिका स्वास्थ्य संस्थामा एक जना दन्त चिकित्सक र दन्त परीक्षक लैजाने भनिएपनि अहिले सम्म व्यवहारमा लागू नभएको बताए । उने भने, ‘राज्यले गाँउ गाँउसम्म दन्त चिकित्सक पठाउने भनेको छ । नीतिमा समावेश भएपनि राज्यको प्राथमिकतामा पर्न सकेन । यो दुखको कुरा हो ।’

यता स्वास्थ्य मन्त्रालयका मुख स्वास्थ्य फोकल पर्सन डा. शैली प्रधानले पनि नीतिको कार्यान्वनय नहुँदा जनचेतना अभाव भएको र सर्वसाधारणले चासो नदिएको गुनासो गरिन् ।उनले भनिन्, ‘सम्पूर्ण स्वास्थ्यको पाटो मुख स्वास्थ्यसँग सम्बन्ध हुने भएकाले मुख स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने हो,’ उनले भनिन्, ‘तर नेपालमा सरकारले मुख (दन्त) स्वास्थ्यलाई केन्द्रित गरेर प्राथमिकताका साथ कार्यक्रम ल्याउन सकेको छैन । ’उनले मुख स्वास्थ्यलाई ध्यान नदिँदा मधुमेह, उच्च रक्तचाप, मुटु तथा पेटजन्य समस्या बढदै गएको बताइन ।

नेपाल डेन्टल एसोसियसनका कोषाध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा. सुजया रौनियारले राष्ट्रिय स्वास्थ्य नीतिमा हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना दन्त चिकित्सक र डेन्टल सहायकको व्यवस्था गर्ने भनिए पनि उक्त नीति अझै कार्यान्वयनमा आउन नसकेको बताइन ।
हरेक वर्ष नेपालमा १३ वटा मेडिकलबाट छ सय दन्त चिकित्सक उत्पादन हुने भए पनि हालसम्म सरकारी सेवामा २० जना मात्र रहेको उनले जानकारी दिइन् ।

नेपालमा उत्पादन हुने वार्षिक छ सयबाहेक अन्य देशमा अध्ययन गरेर आउने चिकित्सक वार्षिक एक सयको सङ्ख्यामा हुने भन्दै डा. रौनियारले नेपालमा सरकारी नीतिको कारण उत्पादित चिकित्सक नेपालमा खपत हुन नसकेको बताइन ।

नेपालमा सन् २००४ मा सरकारले गरेको मुख स्वास्थ्यसम्बन्धी अनुसन्धानबाट छ वर्षसम्मका ५८ प्रतिशत बालबालिकाहरूमा दाँतसम्बन्धी समस्या देखा परेको थियो । यस्तै ६५ प्रतिशत युवामा दाँतको समस्या देखा परेको थियो ।

नेपाल मेडिकल काउन्सिलमा हालसम्म एक हजार ९६० जना दन्त चिकित्सक मात्र दर्ता भएको भन्दै तीमध्ये ५४७ जना विशेषज्ञहरू रहेका छन् ।

यसैबीच सोमबार ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने मूल नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाउन लागिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *