कुन समयमा कति पानी पिउने ?

१. बिहान उठ्नेबित्तिकै खाली पेटमा एकदेखि दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसमा मह र कागती मिसाएर पिउँदा झन् राम्रो हुन्छ ।

२. खाना खानु एक वा आधा घन्टा अगाडि एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले तपाईंलाई भोक लागेको कम गराउँछ । जसले तौल बढ्न पाउँदैन र पाचन शक्तिलाई पनि बढाउँछ ।

३. यदि तपाईंलाई खाना खाँदा तिर्खा लाग्छ भने सो बीचमा पानी पिउनु हुँदैन । यस्तो वेलामा दही या सलाद खाँदा राम्रो हुन्छ । पानी पिउने बानी छ भने तत्काल छाडेको राम्रो हुन्छ ।

४. यदि तपार्इं अफिसमा काम गर्दागर्दै थकान भएको महसुस गर्नुभएको छ भने खाजा खानुको सट्टा एक गिलास पानी पिउँदा, तत्काल जिउमा स्फूर्ति आउँछ ।

५. बिहान, दिउँसो साँझ र राति क्रमश: पानी कम पिउँदै जानु राम्रो हो ।

६ यदि तपाईं दैनिक व्यायम गर्नुहुन्छ भने व्यायाम सुरु गर्नुपूर्व र गरिसकेपछि सक्दो पानी पिउनु राम्रो हुन्छ ।

७. यदि तपाईं बिरामी हुनुहुन्छ, गर्भवती हुनुहुन्छ या स्तनपान गराउने आमा हुनुहुन्छ भने सामान्य अवस्थाभन्दा बढी पानी पिउनुपर्छ । यस्तो समयमा कम्तीमा एक दिनमा १० गिलास पानी पिउनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *