उपचार गर्न गएका विरामीले अस्पतालमा कार्यरत नर्सलाई ज्युँदै जलाए

इजरायल २ चैत । तेल अभिव शहरको दक्षिण क्षेत्रमा पर्ने होलोनस्थित एक अस्पतालमा विरामीले एक नर्सलाई जिउदै आगो लगाई मारिदिएका छन् । तोवा करारो नामकी एक ५६ बर्षीया नर्समाथि एक ७० बर्षीया विरामीले प्रज्वलनशील पदार्थ फ्याँकेर आगो लगाईदिएका हुन् ।

प्रहरीका अनुसार मंगलबार घटना हुनु अघि विरामी र नर्सबीच भनाभन भएको थियो । सो क्रममा बिरामी नर्ससंग निकै रिसाएका थिए । घटनापछि विरामी आफ्नो कार लिएर अस्पतालबाट फरार भएको भएका थिए । यद्धपी पछि विरामी पक्राउ परेका छन् ।

यस घटनाको विरोधमा इजराइली स्वास्थ्यकर्मीहरुले बुधबार र विहीबार ( आज र भोली) हडतालमा उत्रिने बताएका छन् ।

इजरायली सञ्चारमाध्यमका अनुसार यी बिरामी दोस्रो विश्वयुद्धमा सामेल भएर बाँचेका व्यक्ति हुन् । उनी अहिले मानसिक रुपमा अस्वस्थ छन् । बीबीसी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *