आजबाट सुर्तीजन्य पदार्थ बेच्न अलग्गै पसल चाहिने, १८ बर्ष मुनिकालाई बेच्नै नपाईने

काठमाडौँ, १ चैत । आजबाट दैनिक उपभोग्य बस्तु विक्री वितरण गर्ने स्थानबाट सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने भएको छ । विक्री वितरणका लागि आन्तरिक राजश्व कार्यालयबाट छुट्टै इजाजत पत्र लिनुपर्ने छ भने पसल समेत अलग्गै हुनुपर्नेछ ।

गत ६ माघको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थको बिक्रीवितरणलाई व्यवस्थित र मर्यादित बनाउन १ चैत देखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा ११ को उपदफा ६ कार्यान्वयन ल्याउने निर्णय गरेको थियो । सो अनुसार अव १८ बर्ष नपुगेका व्यक्ति सुर्तीजन्य पदार्थ खरीद विक्रीमा सहभागी हुन पाउने छैनन् ।

गर्भवती महिलाले समेत खरीद विक्री गर्न पाउने छैनन् । सुर्तीजन्य पदार्थको विक्री वितरण गर्ने पसलमा त्यसका लागि ३० सेन्टीमिटर लम्बाई र २० सेन्टीमिटर चौडाई भएको सूचनापाटी नै राख्नुपर्नेछ ।

आजैबाट शिक्षण तथा स्वास्थ्य संस्था, बालगृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, तथा तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एम सय मिटर भित्रको घर पसलबाट समेत विक्री वितरण गर्न पाउनेछैन् ।

सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि करीव ५ बर्ष अघि बनाइएको यी नियमहरु यसअघि पनि कार्यान्वयन गर्ने प्रयास भएका थिए । तर सफल हुन सकेको थिएन । स्वास्थ्य मन्त्री गगन थापाले यसपटक यसलाई कार्यान्वनयमा ल्याएरै छाडने बताउदै आएका छन् । तर यसको प्रचारप्रसार राम्ररी हुन सकेको छैन् ।

खाद्य सामाग्री सहित निर्वाध रुपमा सुर्तिजन्य पदार्थ विक्री वितरण गर्नै आएका चक्रपथस्थित एक किराना पसलका सञ्चालकले आफूलाई नयाँ नियम बारे केही जानकारी नभएको बताए । उनले आफ्नो अरु पसलमा पनि निर्वाध रुपमा सुर्तिको बेचविखन रहेको बताए ।

मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले नियम कार्यान्वयन गर्ने निकाय स्थानीय प्रशासन रहेको र सहायक सिडियो त्यसका फोकल पर्सन रहेको भन्दै त्यसका लागि स्वास्थ्यले समन्वयको भूमिका खेल्ने बताए । उनले सुर्तीजन्य पदार्थको बेचविखन गर्न आजबाट नयाँ व्यवस्था भएको भन्दै यसको पालना नगर्नेले कारबाही भोग्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *