होली खेल्नु अघि ध्यान दिनुपर्ने नौ कुरा

आज रंङहरुसंग खेल्ने पर्व होली । सुरु हुन थालिसकेको छ । रंङ छ्यापाछ्याप गर्दा जति उल्लासमय बाताबरण बन्छ । होली खेल्दा गर्ने असावधानीले उत्तीनै हानी हुन्छ । आज हामी त्यो हानीबाट जोगिन अर्थात सतर्कताकासाथ होली खेल्न केही टिप्सहरु दिदैछौँ ।हेर्नुहोस यी टिप्स :


फेसियल नगर्नुहोस  :
होली खेल्नु अघि मुहारको फेसियल नगर्नु नै बुद्धिमानी हुन्छ । किनभने फेसियल गर्दा छाला मुलायम हुन्छ र होलीका रंङले धेरै असर गर्नसक्छ ।

आँखामा लेन्स लगाएर होली नखेल्नुहोस :
यदि तपाईँ आँखामा कन्ट्याक्ट लेन्स राख्नु भएको छ र होली खेल्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस् । किनभने आँखामा राखिएको लेन्स भित्र रंङ वा अविर छिरयो भने त्यसले आँखामा इन्फेक्सन हुनसक्छ ।

पेट्रोलियम पदार्थको प्रयोग नगर्नुहोस :
कतिपयले होलीमा रंङ खेलिसकेपछि दाग हटाउनका लागि मट्टितेल, पेट्रोल, नेल रिमूवर जस्ता पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर यो छालाको लागि घातक चीजहरु हुन् । बरु त्यसको ठाँउमा बेसन, अदुवा तथा नौनी जस्ता घरेलु उपाय अपनाउन सकिन्छ ।

कपालमा रंङ नलगाउनुहोस :
बढीजसो रंङमा मेटल अक्साइड जस्ता लिड रसायनको प्रयोग हुन्छ ।यसले कपालमा तत्काल असर गर्न सक्छ । रंङ खेल्नु अघि कपालमा नरिवलको तेल लगाउन श्रेयकर मानिन्छ ।

सावुनका प्रयोग नगर्नुहोस्  :
रङ हटाउनका लागि कतिपयले सावुनको प्रयोग गर्नुहुन्छ । तर यसले छालामा रेशेज हुनसक्छ । त्यसैले यस्तो बेला सावुनमुक्त क्लिजरको प्रयोग गर्नुहोस् ।

तातोपानी प्रयोग नगर्नुहोस् :

तातोपानीले रङलाई छालामा थप जमाउँछ । र छाला सुख्खा हुनसक्छ । त्यसैले रङ हटाउनका लागि चिसो पानी प्रयोग गर्नुहोस् ।

बढी नभिज्नुहोस :
अहिले मौसम पुरा गर्मी भईसकेको अवस्था छैन् । त्यसैले अहिले धेरै भिज्नु स्वास्थ्यका लागि राम्रो हुँदैन् । यसले खोकी , ज्वरो र निमोनिया जस्ता समस्या पैदा हुनसक्छ ।

बैजनी तथा हरियो रंग प्रयोग नगर्नुहोस् :
बैजनी र हरियो रङहरुमा धेरै असरदार केमिकल्सहरु प्रयोग हुन्छ । बरु यसको सट्टामा रातो वा गुलावी कलरहरु प्रयोग गर्न सकिन्छ ।

पटक पटक मुख नधुनुहोस :
पटक पटक अनुहार नपखाल्नुहोस । यसो गर्दा छालामा समस्या हुनसक्छ । होली खेल्नुहोस र अन्तमा एकपटक नुहाउनुहोस र रङ फखाल्नुहोस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *