नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा डा. झाको टिमद्धारा पदवहाली

काठमाडौँ, २७ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आजबाट नयाँ टिम आएको छ । नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष समेत रहेका डा. अन्जनीकुमार झाको नेतृत्वमा नयाँ टिम आएको हो ।

दश दिन अघिको मन्त्रिपरिषद् बैठकबाट नियुक्तिको निर्णय भएपनि नयाँ टिमका सदस्यहरुले आज मात्रै नियुक्ति पत्र पाएका थिए । नियुक्ति पत्र पाए लगत्तै परिषद् पुगेर उनीहरुले आजै पदवहाली गरेका छन् ।

परिषद्को नव नियुक्त टीमको उपाध्यक्षमा डा भोजराज अधिकारी र सदस्यसचिवमा डा स्वयंप्रकाश पण्डित रहेका छन् । १७ फागुनको निर्णयमा परिषद्को सदस्य सचिवमा डा हरि ढकालको नाम उल्लेख थियो ।

त्यस्तै आजै नियुक्ति पाएर पदवहाली गरेका सदस्यहरुमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईँ, डा. भोलाराम श्रेष्ठ, र डा. योगेश न्यौपाने छन् ।

गत १७ फागुनको मन्त्री परिषदको बैठक पछि सार्वजनिक गरिएको निर्णयमा डा. बैकुण्ठ रेग्मीलाई परिषदको सदस्यमा नियुक्ति गरिएको बताइएको थियो । तर आज सो नाम समेत परिवर्तन भएको छ । चिकित्सा महाशाखा प्रमुख समेत रहेका डा. श्रेष्ठले सदस्यको रुपमा नियुक्तीपत्र पाएका छन् ।

१८ फागुन देखि निर्वाचन आचार संहिता लागू हुने भएपछि १७ फागुनमा बसेको बैठकले स्वास्थ्य अनुसन्धान परिषद सहित विभिन्न अन्य निकायमा नयाँ नियुक्ति गरेको थियो । तर मुख्य सचिव सोमलाल सुवेदी नियुक्तिको निर्णय प्रमाणित गर्न नभ्याउँदै सोही दिन अमेरिका उडेपछि नयाँ सदस्यहरुले नियुक्ति पत्र बुझ्न पाएका थिएनन् ।

यसअघि तत्कालिन मन्त्री खगराज अधिकारीले गरेको नियुक्तिको सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपछि स्वास्थ्य मन्त्री गगन थापाले नयाँ मापदण्ड बनाई नयाँ नियुक्ति गरेका हुन् । यस्तो छ मापदण्ड 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *