लसुन खाँदा हुने सात फाइदा

१. लसुनमा पाइने तत्वले उच्च रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसको उपयोग गर्दा रक्तनलीका भित्ता सफा गर्छ, शरीरमा रगत जाम हुने समस्या हटाउँछ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पनि यसले सहयोग गर्छ ।

२. लसुनले पाचन प्रणालीलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यसले खाना पचाउनुका साथै रुचाउन पनि मद्दत गर्छ ।

३. पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न सघाउँछ ।

४. रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले लसुन नियमित उपभोग गर्दा फाइदा गर्छ ।

५. नियमित लसुन सेवनले शरीरमा बढ्ने खराब कोलेस्ट्रोल घटाउने र असल कोलेस्ट्रोल बढाउने काम गर्छ ।

६. बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मनतातो पानीसँग खाने गर्नाले ग्यास्ट्रिकको समस्या कम हुँदै जान्छ ।

७. त्यसैगरी, भोक जगाउनुका साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *