होस गर्नुहोस् घातक पनि हुन सक्छन् सौन्दर्य सामग्री

सुन्दर बन्न प्रयोग गरिने कस्मेटिक्समा केमिकल मिसाइएका हुन्छन् । त्यस्ता केमिकल हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ । महिलाको मात्र नभएर पुरुषले लगाउने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्तो केमिकल हुन्छ । ती केमिकलको असरबारे केही जानकारी यस्तो छ :

  • चाया हटाउन प्रयोग गरिने स्याम्पुका लागि बनाइने क्रिममा तारको मिश्रण हुन्छ । यसले छालालाई सीधै असर गर्छ ।
  • लिपस्टिक वा कपाललाई ड्राइ गर्ने तत्त्वमा सिसाको प्रयोग अत्यधिक हुने गरेको पाइन्छ, जसले छाला तथा रगतलाई अत्यधिक हानि गर्छ ।
  • बच्चालाई लगाउने तेल, मोस्चराइजर वा महिलाले कपालमा लगाउने जेलमा मिनरल आयल वा पेट्रोलको मात्रा मिसाइएको हुन्छ । जुन छालाको छिद्रामा यसरी टाँसिएर रहन्छ, जसले शरीरको विकारलाई बाहिर निकाल्न दिँदैन । यसले डन्डिफोर, बिमिराजस्ता छालाका संक्रमण हुन्छन् भने शरीरलाई पनि आलस्य बनाउँछ ।
  • सूर्यको हानिकारक किरणबाट बच्न प्रयोग हुने सनस्क्रिनमा अक्सिवेनजोन केमिकल हुन्छ । यो केमिकल शरीरको फाटेको ग्रन्थिमा जम्मा भई एलर्जी उत्पन्न गराउँछ । त्यसका साथै हर्मोनमा असन्तुलन पैदा गरिदिन्छ ।
  • केही कस्मेटिक उत्पादनमा मिठो गन्ध दिने निहुँमा पफ्र्युम नामको केमिकल मिसाइन्छ । यो सेभिङ क्रिममा पनि मिसाइएको हुन्छ । यसले एलर्जीका साथै दम बढाउन सक्छ । विज्ञहरूले यसले क्यान्सरसमेत गराउन सक्ने दाबी गरेका छन् ।
  • कपालमा वा ओठमा चमक दिने कस्मेटिक उत्पादनमा पेट्रोलियम नामको केमिकल मिसाइएको पाइन्छ, जुन क्यान्सर उत्पादन गर्ने खतरनाक केमिकल हो ।
  • महिलाको आइस्याडो बनाउने क्रिम, बच्चालाई लगाइदिने कतिपय पाउडरमा टल्क नामको केमिकल पाइन्छ । यो पनि क्यान्सरको कारक हुन सक्छ । त्यसका साथै श्वासको समस्या पनि ल्याउन सक्छ ।
  • पुरुषले दाह्री काट्दा प्रयोग हुने केही क्रिममा थेलोट भन्ने केमिकल मिसाइएको हुन्छ । जुन केमिकलले हर्मोनलाई असर गर्छ । यसका कारण शरीरको सन्तुलन बिग्रन गई दिमागमा समेत असर पर्न सक्छ ।
  • आँखामा लगाउने केही आइड्रपमा पारो पाइन्छ । त्यसले दिमागको विकासमा बाधा पुर्‍याउँछ ।
  • नङपालिस वा कपालमा लगाउने केही उत्पादनमा ट्रलिया केमिकल मिलाइएको हुन्छ । जसले पाचन प्रणालीलाई खराब गर्न सक्छ ।
  • हामीले प्रयोग गर्ने एन्टिब्याक्टेरियल कस्मेटिकजस्तै टुथपेस्ट, क्लिन्जर रडियोडोरेन्टमा ट्राइक्लोसेन केमिकल हुन्छ । यसले रगत उत्पादन हुने प्रक्रियालाई असर गर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *