ब्लडप्रेशर लो भएमा तुरुन्त गर्नुहोस् यी काम

नुनपानी : ब्लडप्रेशर लो भएमा तुरुन्त नुनपानीको सेवन गर्नाले लाभ मिल्छ । नुनमा सोडियम हुन्छ यसले ब्लडप्रेशर बढाउन मद्दत गर्छ । एक गिलास पानीमा एक चम्चा नुन राखेर पिउने गर्नुपर्छ । सो भन्दा बढी सेवन गर्नु भने नराम्रो मानिन्छ ।

किशमिश : लो ब्लडप्रेशरका ब्यक्तिले किशमिश खानु लाभदायी हुन्छ । ३० देखि ४० वटा किशमिशका दाना रातभरी पानीमा भिजाएर खाली पेटमा खानले फाइदाजनक हुन्छ । साथै त्यसको पानी पिउनु पनि लाभदायी हुन्छ । यसका अलावा एक गिलास दुधमा ४/ ५ वटा बदाम र १०/१५ वटा किशमिशका मिलाएर पनि खान सक्नुहुनेछ । यसो गर्नाले ब्लड प्रेशर लो भएका ब्यक्तिहरुका लागि निकै फाइदा हुन्छ ।

तुलसी : तुलसीको सेवनले लो ब्लड प्रेशर सामान्य बनाउन मद्दत गर्छ । तुलसीमा भिटामिन सी, पोटासियम, म्याग्नेसियम हुन्छ । यसको सेवनले मस्तिष्क सन्तुलित बनाउँछ । र तनावबाट मुक्ति मिल्छ । १०/ १५ वटा तुलसीको पातको जुस बनाएर एक चम्चा मह मिलाएर खाली पेटमा सेवन गर्नाले लाभ मिल्छ ।

कागतिपानी : कागतिपानी उच्च रक्तचापमा पनि लाभदायी हुन्छ । भने निम्न रक्तचाप भएका ब्यक्तिहरुलाई पनि उत्तिकै लाभदायी हुन्छ । कागति पानीमा हल्का नुन पिउनाले शरीरमा शक्ति पैदा गर्छ र ब्लड प्रेशरको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौला पनि सफा गर्न मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *