स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा १२५ जना विशेषज्ञ चिकित्सकलाई रोजगारीको अवसर

काठमाडौँ, २० फागुन । स्वास्थ्य मन्त्रालयले विभिन्न समूहका गरि १२५ जना चिकित्सकलाई करार सेवामा नियुक्ति दरखास्त आवहान गरेको छ । मन्त्रालयले गत ६ फागुनमा १५ दिनको म्याद राखी खोलेको विज्ञापनमा प्रयाप्त दरखास्त नपरेको भन्दै थप १० दिनको म्याद राखी दरखास्त आवहान गरेको हो ।

नयाँ दरखास्तमा कन्सलटेन्ट जनरल फिजिसियन १० जना, कन्सलटेन्ट इएनटी सर्जन ६ जना,कन्सलटेन्ट मेडिकल जनरजिष्ट २५ जना, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट २२ जना रहेका छन् ।

त्यस्तै कन्सलटेन्ट रेडियोलोजिष्ट १२ जना, कन्सलटेन्ट सर्जन ८ जना, कन्सलटेन्ट डर्माटोलोजिष्ट ६ जना, कन्सलटेन्ट अर्थोपेडिक सर्जन ३ जना, कन्सलटेन्ट अव्स एण्ड गाईनो १३ जना पनि रहेका छन् ।

मन्त्रालयले कन्सलटेन्ट पेडियाट्रिसियन १२ जना समेत खोजेको छ । मागिएका सबै पदहरु नवौँ तहका हुन् ।

थप जानकारीको लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *