डा. शेखर कोइरालाको मोतिविन्दुको शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानमा

काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।

एक साता अघि तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर डा कोइरालाले आफ्नो आँखाको शल्यक्रिया गराएका हुन् ।

प्रतिष्ठानद्धारा बुधबार जारी विज्ञप्ती अनुसार शल्यक्रिया पश्चात डा कोइरालाले आफ्नो आँखामा प्रतिष्ठानमै उत्पादन भएको इन्ट्राअकुलर लेन्स समेत हालेका छन् ।

उपचार पछि प्रतिक्रिया दिँदै डा कोइरालाले आँखा उपचारमा नेपाल पूर्णरुपमा सक्षम रहेको बताए । प्रतिष्ठानले बरिष्ठ व्यक्तिहरुले आफूकहाँ आएर उपचार गराउँदा जनमानसमा सकारात्मक धारणा उत्पन्न भएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *