‘कम्युनिटी पोष्टिङ’मा जानका लागि ‘रेसिडेन्ट डाक्टर’ले राखे चारवटा सर्त

काठमाडौँ, १८ फागुन । आवासीय चिकित्सक (रेसिडेन्ट डाक्टर)ले कम्युनिटी पोष्टिङमा जानका लागि सरकार समक्ष चार वटा सर्त तेस्र्याएका छन् । उनीहरुले आफ्ना सर्त पुरा भएको खण्डमा सरकारको निर्देशन अनुसार तत्काल समुदायमा गएर सहर्ष सेवा दिने उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सक नपुगेको ३० वटा जिल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई खटाउने योजना अघि सारेको थियो । तीस मध्ये १३ जिल्लामा १ फागुनबाटै विशेषज्ञ सेवा सञ्चालन गर्ने भनिएपनि घोषणा अनुसार कार्यान्वनय हुन सकिरहेको छैन् ।

आवासीय चिकित्सकहरुको तीनवटा संस्था नेशनल रेजिडेन्टस डक्टर्स एसोसिएसन(एनआरडीए), रेसिडेन्टस् एसोसिएसन अफ न्याम्स(र्यान) र जुनियर रेजिडेन्ट वेलफियर सोसाईटी(जेआरडव्लुएस)ले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो सर्त अघि सारेका हुन् ।

उनीहरुको पहिलो सर्त आफ्ना संकायका कन्सलट्यान्टको प्रत्यक्ष निगरानीमा काम गरिरहेका आफूहरुलाई कन्सल्यान्टको अनुपस्थितिमा समुदायमा गएर काम गर्दा अप्रिय घटना घटेमा जिम्मा कस्ले लिने भन्ने छ ।

त्यस्तै समुदायमा पोष्टिङ हुँदा आफूहरुको एक्याडेमिक गतिविधि प्रभावित हुने भन्दै उक्त अवधीलाई कसरी एक्याडेमिकल्ली मिनिङफुल बनाउन सकिन्छ भन्ने तर्फ भन्ने ध्यान दिन र समुदायमा पुग्ने आफूहरु अधययनरत आवासीय चिकितसक मात्र रहेको सन्देश दिन समेत आग्रह गरेका छन् ।

उनीहरुको तेस्रो सर्तमा पूर्व तयारीनै नगरी एकैपटक विभन्न स्थानमा रेसिडेन्ट पठाउँदा हजारौँ विरामीलाई सेवा दिइरहेका मुख्य सरकारी अस्पतालमै रेसिडेन्ट अभाव भई उक्त अस्पतालहरुको सेवा प्रभावित हुने देखिएकोले धेरै स्थानहरुमा एकैपटक रेसिडेन्ट खटाउने कुरामाथि पुर्नविचार गरियोस । बरु संख्या क्रमस विस्तार गर्दै लगियोस भन्ने छ ।

र चौथो सर्तमा विभिन्न संकायमा रेसिडेन्ट डाक्टरहरुलाई आवश्यक पर्ने न्युनतम सामग्रीहरु विशेषत शल्यक्रियाका लागि आवश्यक पर्ने सामग्री उपलव्ध गराइए मात्र रेसिडेन्ट डाक्टरहरुले सेवा दिन सक्ने यथार्तलाई मनन गरि त्यसतर्फ गम्भीरतापूर्वक गृह कार्य गरियोस भन्ने छ ।

उनीहरुले विज्ञप्तीमा यी चार कुराहरु आफूहरुको आधारभूत माग रहेको भन्दै यसलाई सम्वोधन नगरी कम्युनिटी पोष्टीङ गरेको खण्डमा त्यसले सार्थकता नपाउने समेत दावी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *