काठमाडौँमा भेटियो स्वाइनफ्लुको बिरामी

काठमाडौँ, १६ फागुन । उपत्यकामा यसपटक पनि स्वाइनफ्लु भनेर चिनिने इन्फुलेन्जा ए एच १ एन १ का विरामी भेटिएको छ । डेढ हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० बर्षका एक पुरुषलाई स्वाइनफ्लू अर्थात ‘इन्फुलेन्जा ए- एच १ एन १(पीडीएम ०९) को भाइरस भएको पुष्टि भएको अस्पतालका सरुवा रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताए।

उनले भने, ‘डेढ हप्ता अगाडी रुघा सहित लामो समय सम्म ज्वरो आएर उपचार गर्न आउनु भएका ५० बर्षिय एक पुरुषलाई हामीले स्वानफ्लुको संका लागेर जाचँ गर्दा खेरी स्वाइनफ्लूको भाइरस भएको पुष्टि भएको हो।’

स्वाइनफ्लू सरुवा रोग भएकाले एक अर्कामा छिट्टै सर्ने भएकाले राजधानिवासीलाई सचेत रहन डा. पुनले सुझाव दिएका छन्। खोकी लागिरहे, घाँटी खसखसाइ रहने, १० दिनसम्म पनि कडा ज्वरो आए, बालबालिकामा ज्वरो सगै वान्ता हुने, पखला लाग्ने भएमा स्वाइनफ्लू भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिने बितिक्कै चिकित्सककोमा जानु पर्ने डा. पुनले बताए।

यस्तै स्वाइनफ्लू सरुवा रोग भएकाले एक अर्कामा छिटो सर्ने भएकालेसार्वजनिक ठाउँमा जाँदा मास्क प्रयोग लगाउने गर्नु पर्ने, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने , साबुन पानीले हातमुख धुने तथा झोलिलो खानेकुरा खाने र आफूलाई स्वाइनफ्लूको शंका लागेमा बेलैमा परीक्षण गरेमा स्वाइनफ्लूबाट बच्न सकिने डा. पुनले बताए।

विशेषगरी मधुमेह, उच्च रक्तचाप, सगै अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने डा. पुनले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *