ग्यास्ट्राइटिसबाट पडित हुनुहुन्छ ? अपनाउनुहोस् यी १० तरिका

भनिन्छ नेपालमा हर कोही ब्यक्ति कुनै न कुनै समयमा ग्यास्ट्राइटिसबाट पडित हुन्छ । पेटको ‘ग्यास्ट्रिक म्युकोसा’ भनिने भित्री तह जल्ने, पोल्ने, खुइलिने समस्यालाई ग्यास्ट्राइटिस भनिन्छ ।

वाकवाकी लाग्ने नखाएपनि अघाएजस्तो हुने, पेट पोल्ने, नपच्ने मुटु पोल्ने भोक हराउने आदि ग्यास्ट्राइटिसका सामान्य लक्षणहरु हुन् ।
आउनुस् हेरौ ग्यास्ट्राइटिसबाट सरल तरिकाले मुक्ति कसरी पाउन सकिन्छ ।

१. पाचन प्रणाली पूर्ण रुपले स्वस्थ नहुँदासम्म दूधजन्य पदार्थबाट टाढा रहनुहोस् ।

२. शरीर अथवा पेटमा पानीको मात्रा प्रसस्त हुनु जरुरी हुन्छ । हरेक दिन कम्तिमा आठ ठूलो गिलासको भरी पानी पिउनुहोस् ।

३. पेटको जलन घटाउन हरेक दिन भिटामिन ई को ४०० आइ.यू.मात्रा लिनुहोस् ।

४. अदुवाको सेवनले अपाचन, ग्यास घटाउनुको साथै पेटको खुइलिएको भित्रको तह ‘ग्यास्ट्रिक म्युकेसा’ बनाउनपनि मद्दत गर्छ । यसले वाकवाकी घटाउँछ र पाचन प्रक्रिया स्वस्थ राख्छ ।

५. नरीवलको पानीमा प्रसस्त मात्रामा खनिज पदार्थ र पाचन प्रक्रिया स्वस्थ राख्ने पदार्थहरु पाइन्छन् । त्यसैल हरेक दिन यसको सेवन गर्नाले ग्यास्ट्राइटिस घटाउन मद्दत गर्छ ।

६. काँचो आलु लिएर त्यसलाई पिँधी त्यसको रस निकाल्नुस् र दिनको तीन पटक आधा कचौरा खाना खानु भन्दा १५ मिनेट अगाडि पउिनुहोस् । यो ग्यास्ट्राइटिस हराउने सर्वोत्कृष्ट तरिका हो ।

७. फलफूलका जुसले पनि ग्यास्ट्राइटिसको समस्या कम गर्न मद्दत गर्छ । त्यसैगरी कागतिको रसमा अलिकति नुन मिसाएर पिउनाले प्राकृतिक तरिकाले ग्यास्ट्राइटिस कम हुन्छ ।

८. मासु, अल्कोहल, सूर्तीजन्य पदार्थ, कफि, चिया, मसालेदार खाना, जङक खाना जस्ता खानेकुराबाट टाढै रहूँ ।

९. बिहान बेलुका हिड्ने स्वीमिङ गर्ने जस्ता हल्का शारीरिक कसरतमा ध्यानदिनुस् र मानसिक तनावबाट टाढा रहनुहोस् ।

१०. एकैचोटी धेरै खाना खानुभन्दा धेरै पटक कम वा थोरै थोरै खाना खानु उत्तम हुन्छ किनभने यसले तपाईको पेटलाई हल्का बनाउँछ र पाचन प्रकृयालाई सरल बनाउँछ ।

 

एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *