गर्भवती महिलाको पेटमा लात्ती हान्दा गर्भको शिशुको मृत्यु

कृष्णनगर(भारत)। गर्भवती महिलाको पेटमा लात्ताले हान्दा गर्भमा हुर्किरहेको शिशुको मृत्यु भएको छ । सो आरोपमा भारतीय जनता पार्टीका नेता सहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पश्चिम बंगाल राज्यको नाडिया जिल्लामा पर्ने तंतला गाँउमो किर्तन चलिरहेको बेला चर्को आवाजमा स्पिकर लगाएको विषयमा विवाद भएको थियो । स्थानीय शम्भुचन्द्र दासले किर्तन चलिरहेको ठाँउमा गई आवाज कम गर्न भनेपछि विवाद सुरु भएको थियो ।

सो क्रममा किर्तनमा सहभागी केही व्यक्तिले दाशमाथि हात पात गरेका थिए । सो देखेकी दासकी गर्भवती भाउजुले झगडा गरेको ठाँउमा छुट्याउन जाँदा उनको पेटमै लात्ति हानिएको थियो । पेटमा लात्ती प्रहार पछि मुर्छित भई भुईमा ढलेकी थिइन ।

तत्काल केही स्थानीयहरुले उनलाई उठाएर सदर अस्पताल पुरयाएका थिए । तर त्यतिन्जेल पेटमा हुर्किरहेको शिशुको मृत्यु भईसकेको थियो । अस्पतालका डाक्टरले परीक्षण पश्चात चोटका कारण गर्भमा हुर्कीरहेको शिशुको मृत्यु भएको बताए ।

घटनापछि शम्भुचन्दले प्रहरीमा बीजेपीका पञ्चायत प्रधान पलाशकुमार विस्वास सहित पाँच जना विरुद्ध जाहेरी दिएका थिए । प्रहरीले उनीहरु पाँचै जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । तर विश्वासले भने आफूलाई राजनीतिक प्रतिशोध स्वरुप तृणमूल कांग्रेसले फसाएको आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *