बीपी कोइराला क्यान्सर अस्पतालमा २१ पुसमा नियुक्त नयाँ सदस्यहरु नै बैधानिक

काठमाडाँै, ११ फागुन । सर्बोच्च अदालतले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ जना सदस्य हटाउने र नयाँ सदस्य नियुक्ति गर्ने सरकारको निर्णयको पक्षमा फैसला सुनाएको छ । सर्वोच्चका न्यायधीशद्धय गोपाल पराजुली र जगदीश शर्मा पौडेलको इजलासले यसअघि निर्णय कार्यान्वयन नर्गन दिएको अन्तरिम आदेश बदर गर्दै सरकारको पक्षमा फैसला गरेको हो ।

गत २१ पुसमा बसेको मन्त्रिपरिषदको बैठकले तीन महिना सेवा अवधी बाँकी रहेका ६ जना सदस्यहरु डा गणेश गुरुङ, डा शीला बर्मा, डा केदार सेन्चुरी, डा चण्डीका पण्डित, प्रभा बराल र रामप्रसाद न्यौपानेलाई बर्खास्त गरेको थियो । सोही बैठकले डा आरती शाह, डा अनु कुसवाह, डा सरिता घिमिरे, सुमिता रिमाल, र दिनेश कोइरालाई नयाँ सदस्यको रुपमा नियुक्त गरेको थियो ।

सरकारको सो निर्णय विरुद्ध बर्खास्तमा परेमा न्यौपाने सहितका सदस्यहरुले गत २८ पुसमा निर्णय कार्यान्वनय नगर्न माग गर्दै रिट दायर गरेका थिए । सो रिटमा गत २ माघमा भएको प्रारम्भीक सुनुवाईमा न्यायधीश इश्वर खतिवडाको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

बुधबार ( आज ) मुद्धाको अन्तिम फैसला गर्दै सर्बोच्चले सरकारको पक्षमा निर्णय सुनाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *