‘९ (ख)’ वाला स्वास्थ्यकर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ८ फागुन । स्वास्थ्य मन्त्रालयले ९ ख कार्यान्वयनको अवस्थामा पुगिसकेको भन्दै आन्दोलनरत कर्मचारीलाई काममा फर्कन अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै काममा फर्कन अपिल गरेको हो ।

मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलद्धारा जारि विज्ञप्तीमा चौथो तहमा सेवा प्रवेश गरि मिति २०७० चैत १२ पूर्व स्तरबृद्धि तथा मिलान भएका छैठौँ तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य चौकीस्तर भन्दा माथिका स्वास्थ्य संस्थामा पुल दरबन्दी सृजना र पदस्थापन गर्ने निर्णय भएको भन्दै २०७० चैत १२ पछि स्तरबृद्धि भएकाहरुलाई ऐन संसोधन माफृत सम्वोधन गरिने उल्लेख छ ।

गत ३ फागुनको मन्त्रिपरिषदको निर्णय अनुसार ९ ख वाला कर्मचारीलाई पुल दरबन्दी सृजना गरि स्वास्थ्य चौकी भन्दा माथिल्ला निकाय प्राथमिक स्वास्थ्य केन्द्र, विभिन्न अस्पताल, जिल्ला स्तरीय स्वास्थ्य जनस्वास्थ्य कार्यालयहरु , क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरु क्षेत्रीय मेडिकल स्टोरहरु, केन्द्रीयस्तरका कार्यालयहरु, विभागहरु, महाशाखाहरु, केन्द्रहरु र मन्त्रालयहरुमा पदस्थापन गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ । यसका लागि कार्यविधि र खाका तयार गर्न मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भईसकेको समेत जानकारी दिइएको छ ।

मन्त्रालयले माग पुरा हुने क्रममा रहेका बेला आन्दोलनमा उत्रिदा आम सर्वसाधारणले स्वास्थ्य सेवा पाउनबाट बन्चित हुने भन्दै तत्काल काममा फर्कन आग्रह गरिएको छ ।

यता ९ ख वाला स्वास्थ्यकर्मीहरुले भने मन्त्रिपरिषदको पछिल्लो निर्णयले आफूहरु झन मर्कामा परेको भन्दै आन्दोलन चर्काएका छन् । उनीहरुले आईतबारबाट जिल्लाका स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गर्न थालेका छन् ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “‘९ (ख)’ वाला स्वास्थ्यकर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

  1. Haami 9 kha wala ko pad sthyapna bhaisakeko chha haamilai jub discription ra darbandi chahiyeko ho. Dsmping hoina. Public health ka karmachari bhyeko huda hodpital ma rakhda kamgarna samasya hunchha. Yasari bujhi dina aagrah.

  2. बिगतका दिनमा मंत्रालय र संयुक्त ट्रेड यूनियन बीचमा भएको सम्झौता लाई सम्बोधन गरिएको देखिएन
    पुल दरबन्दीको उल्लेख मूल दरबंदिमा कसरी लैजान भन्ने बुंदा उल्लेख गरेको पाईएन

  3. मन्त्रालयले आफै तत सँस्थामा बिभन्न सरोकारवालाको सहमतिमा गरेको पदस्थापना किन ऊल्टयाऊदैछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *