ख्याल गरौँ, यस्ता लक्षण मुटु रोगको हुन सक्छ

नेपालमा पनि मुटुरोगीको संख्या दिनानुदिन बढी रहेको छ । मुटुरोगको लक्षण समयमै थाह पाउन नसक्दा कतिपयको ज्यान समेत गएको छ । यसै सन्दर्भमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगका लक्षण यसरी बताए ।

  • मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा वा मुटु दुखेमा ।
  • शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम हुन्छ भने ।
  • दम–खोकी भएका रोगीको खुट्टा सुन्नियो भने ।
  • घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भने ।
  • औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने ।
  • औँलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेमा ।
  • एक मिनेटमा ६० देखि एक सयपटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने ।
  • कतिपय रोगीले मुटु चल्दाचल्दै ढ्याक्क केहीबेर रोकिएको अनुभव गर्छन् भने कतिपयले मुटु छिटोछिटो दौडिएको अनुभव पनि गर्छन् ।
  • कफमा रगत देखापर्‍यो, एक्स–रे गरेर हेर्दा टिबी वा क्यान्सर देखिएन भने ।
  • अनायास हात, खुट्टा, औँला, मुख, ओठ झड्का दिँदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखिन्छ भने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *