विश्वकै सबैभन्दा बढी तौल भएकी अब्देल अति उपचारका लागि भारतमा

मुम्बई (भारत), १ फागुन । विश्वकै सबैभन्दा बढी वजन भएकी इजिप्टकी महिला इमान अहमद अब्देल अतीलाई शल्यक्रियामार्फत वजन घटाउन भारतीय सहर मुम्बई ल्याइएको छ । शनिबार दिउसो ४ बजे उनी सवार विमान मुम्बई अन्तराष्टिय विमानस्थलमा अवतरण गरेको थियो ।

३६ बर्षीया इमानको तौल हाल ५०० किलोग्राम तौल रहेको छ । उनको शल्यक्रिया करिब एक महिना अस्पतालमा राखी अन्य परीक्षण र उपचार पछि मात्रै गरिने अस्पतालले जनाएको छ ।

इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि उनका लागि इजिप्टको एक विमानमा विशेष बेड तयार गरि शनिबार इजिप्टबाट मुम्बईका लागि ल्याइएको हो । उनलाई घरबाट निकाल्न, विमान चडाउन क्रेनको प्रयोग गरिएको थियो भने ।मुम्बई एयरपोर्ट देखि अस्पतालसम्म मेडिकल उपकरणले सुसज्जित विशेष टकमा राखेर लगिएको थियो ।

उनको उपचार मुम्बईस्थित सेफी अस्पालले निशुल्क रुपमा गर्ने भएको छ । उनलाई मुम्वई ल्याउनका लागि प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरूको टोलीले विगत १० दिनदेखि तयारी गरेको थियो ।

अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबरमा अपिल गरेपछि भारतीय शल्यचिकित्सक मुफाजल लाकदावालाले अब्देल अतिको सम्पूर्ण उपचार निशुल्क गर्ने घोषणा गरेका थिए ।

चिकित्सकले उनलाई विशेष विमानमा ल्याउदा समस्या नहोस भनेर आवश्यक औषधि र विशेष सावधानीसाथ उहाँको शरिर राख्न मिल्ने वेडको समेत व्यवस्था गरिएको थियो ।

अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । सुरुमा खुट्टाको आकार असाधारण रूपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उनकी बहिनीले बताइन ।

बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेकी हुन् । अहिले उनी मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित छिन् । उनी विगत २५ वर्षयता घरबाट बाहिर निस्केकी थिइनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *