नर्स, एचए, ल्याव टेक्निसियन, सिएमए, अनमीलाई योजना आयोगको कार्यक्रममा काम गर्ने अवसर

काठमाडौँ, २४ माघ । राष्ट्रिय योजना आयोगको सचिवालय अन्तरगतको राष्ट्रिय विकास स्वयंसेवक सेवाले स्वास्थ्य क्षेत्रमा स्वयंसेवक भई काम गर्न चाहनेहरुले सूचीकरण गरि आवेदन दिन सक्ने जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा सूचीकरण हुन पाईने सूचीमा बिएस्सी नर्सिङ, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट, अहेव( सिएमए) र अनमी उत्तीर्ण व्यक्ति छन् ।

सचिवालयले सूचीकरण हुनका लागि दस्तुर नलाग्ले र परिचालित हने स्वयंसेवकको सेवा सुविधा तोकिए बमोजिम हुने स्पष्ट पारेको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

6 thoughts on “नर्स, एचए, ल्याव टेक्निसियन, सिएमए, अनमीलाई योजना आयोगको कार्यक्रममा काम गर्ने अवसर

  1. म पनि काम गर्न चाह्न्छु कता हो सम्पर्क गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *