‘हरेक १० मध्ये एक महिलालाई सेक्सका बेला अत्यन्त पिडा !’

 

एजेन्सी । हरेक १० मध्ये एक महिलालाई यौन सम्पर्कका बेला अत्यन्त पीडा हुने गरेको पाइएको छ । यौन क्रियाकलापमा सक्रिय रहेका बेलायती महिलामाझ गरिएको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो ।

सर्भेक्षणमा १६ देखि ७४ बर्ष उमेर समूहका करीब ७ हजार महिलाहरुलाई सहभागी गराइएको थियो । जो सबै यौन क्रियामा सक्रिय भईरहेका थिए ।

ब्रिटिस जर्नल अफ अब्ट्रिक्स एण्ड गाइनोकोलोजीमा प्रकाशित सर्भेक्षण प्रतिवेदनले भनेको छ यसरी पीडा को कारण डायसपारुनिया हो ।जो महिलाहरुमा हुने आम समस्या हो ।

प्रतिवेदनमा भनिएको छ यस्तो समस्या ५० बर्ष नाघेका महिलाहरु सेक्समा सक्रिय हुँदा बढी देखिन्छ । त्यसबाहेक १६ देखि २४ बर्ष उमेरका महिलाहरु उत्तिकै प्रभावमा पर्दछन् ।

यस्तो पिडाको उपचार सम्भव भएपनि कतिपय महिलाले त्यतातिर ध्यान नदिएको सर्भेक्षणमा पाइएको छ । त्यस्तै पिडा हुने डरले कतिपयले यौन कार्य गर्न डराउने गरेको कतिपयले पीडाले गर्दा यौन आनन्दको महसुस गर्न नपाएको उल्लेख छ ।

पीडाकै कारण कतिपय महिलामा यौन सम्वन्धी मनोबैज्ञानिक असर समेत हुने गरेको पाइएको छ । सर्भेक्षणमा सहभागी ६२ बर्षीया केरेन( नाम परिवर्तन)ले आफू ४० बर्ष देखि यस्तो पीडा भोगेको बताइन । यद्धपी केही बर्ष अघि उपचार गरेपछि पिडाबाट मुक्तिपाएको दावी गरिन ।

उनी भन्छिन्, ‘४० बर्ष पार गरेपछि मलाई सेक्सका बेला निकै पिडा हुन थाल्यो । सुरु सुरुमा निक्कै गाह्रो भयो तर पछि थाह पाएँ यसको उपचार छ भन्ने र उपचार गरेँ । अहिले त फिट छु कुनै पिडा छैन् । मेरो जस्तै पिडा भोगेका धेरै महिला हुनसक्छन् । त्यसैले भन्न चाहन्छु उपचार गर्नुस पिडाबाट छुटकारा पाउन सकिन्छ ।’

यद्धपी कैयौँ महिलाले यो विषयमा बोल्न चाहदैनन । यो सर्भेक्षणमा सहभागी करिब एक तिहाई महिलाका अनुसार उनीहरु आफ्नो सेक्स जीवनसंग सन्तुष्ट छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *