गर्भवती बन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

के तपाईँ गर्भवती बन्ने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने पहिले यी कुरामा ध्यान दिनुस्, ताकी तपाईँ र जन्मने शिशुको स्वास्थ्यमा समस्या नपरोस् ।
उमेर : गर्भवती बन्नका लागि पहिले उमेरको ख्याल राख्नुपर्छ । गर्भवती बन्नका लागि २० देखी ३० बर्षको उमेर उपयुक्त मानिन्छ । यो उमेर गर्भवती बन्नका लागि शारीरिक र मानसिक रुपले परिपक्व मानिन्छ । २० बर्ष भन्दा कम उमेरमा गर्भधारण गर्न शरीर राम्ररी विकास भईसकेको हुँदैन् । त्यस्तै ३० बर्ष नाघेपछि गर्भधारण गर्दा पनि विभिन्न जटिलताहरु देखिन सक्छ ।

फोलिक एसिड सेवन गर्नुहोस् : गर्भवती हुने योजनामा हुनुहुन्छ भने करिब एक महिना अगावै फोलिक एसिड( भिटामिन बी कम्प्लेक्स) सेवन गर्नुहोस् । यसले गर्भवती भएपछि गर्भको शिशुको नसा ताथ मस्किस्को विकासमा सहयोग पुरयाउछ ।

दुई बर्ष जन्मान्तर राख्नुहोस् : यदि पहिलो बच्चा जन्मेको छ र दोस्रो बच्चा जन्माउने तरखरमा हुनुहुन्छ भने कम्तीमा दुई बर्ष जन्मान्तर राख्नुहोस् । यसले अघिल्लो शिशुलाई कुपोषण हुनबाट जोगाउनुका साथै गर्भवती महिलामा रक्त अल्पता हुने सम्भावना कम गराउँछ ।

स्वास्थ्य परीक्षण गर्नुहोस् : यदि गर्भवती हुने योजना बनाउनु भएको छ भने गर्भधारण गर्नु अगावै आफ्नो स्वास्थ्य परीक्षण गर्नुहोस । यसले शरीरमा कुनै गम्भीर रोग भए नभएको थाह हुन्छ । जसले गर्भधारण पछि हुनसक्ने खतरा टार्छ । यदि तपाईँलाई थाईराईड, मधुमेह जस्ता रोगहरु छन भने गर्भवती हुनुपूर्व परीक्षण गरेमा सम्भावित जटिलताबाट समेत बच्न सकिन्छ ।

कम्तीमा चार पटक परीक्षण गर्नुहोस् : गर्भवती अवस्थामा महिलाले सुत्केरी नभएसम्म कम्तीमा चार पटक अनिवार्य रुपमा गर्भ परीक्षण गराउनु पर्छ । जसमा गर्भवती भएको सुरुको तीन महिनामा एक पटक, अर्को तीन महिनामा दुई पटक र अन्तिम तीन महिनामा थप एक पटक गर्नुपर्छ । यसले गर्भवती महिलालाई सुरक्षित तवरले सुत्केरी हुन मद्धत गर्छ भने गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी पाउन मद्धत मिल्छ ।

यी बाहेक गर्भवती हुँदाका बेला प्रयोग गर्ने सरसमान, आर्थिक व्यवस्था, बच्चा जन्मिसकेपछिको हुर्काउने व्यवस्था समेत मिलाउन जरुरी हुन्छ ।

# डा. बराल थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *