नयाँ नयाँ रोग परीक्षणको दायरा बढाउन आवश्यक : स्वास्थ्य मन्त्री थापा

काठमाडौँ २ माघ । स्वास्थ्य मन्त्री गगन थापाले नयाँ नयाँ रोग परीक्षणको दायरा बढाउने बताएका छन् । उनले परीक्षणको लागि विदेश जानुपर्ने बाध्यता हटाउन आफू लागि परेको जानकारी दिएका छन् । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाको नव निर्मित भवनको उद्घाटन गर्दै मन्त्रि थापाले त्यस्तो बताएका हुन्।

उनले भने ‘मुलुक संघियताको मोडलमा जादै छ, तर हाम्रा केन्द्रीय स्तरका अस्पताल र प्रयोगशालाहरु चुस्त दुरुस्त अवस्थामा छैनन्। त्यसैले केन्द्रीय स्तरको प्रयोगशालालाई स्रोत, साधन थप गरेर भएपनि सवै परिक्षण नेपालमै गने व्यवस्था मिलाउनु पर्छ।’

मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा भएको सुधारको कार्यशैलि सन्तोषजनक नभएको समेत दुखेसो गरे । उनले समयमा काम सम्पन्न नगर्दा देशका सबै सरकारी स्वास्थ्य स्वास्थ्य संस्थाहरु तहसनहस भएको भन्दै आगामी पाँच बर्ष भित्रमा नेपालमा आवश्यक पर्ने सवै स्वास्थ्य संस्थाको निमार्ण सम्पन्न गरेर स्वास्थ्यको सुधार तर्फ जुट्नुपर्ने बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर गिता शाक्यले जनशक्ति र पुर्वाधारको कमिका कारण अपेक्षित काम गर्न नसकेको जानाकारी दिइन।

उनले तीनवटा भवनबाट सेवा सुरु भएको भन्दै रोगको परीक्षणमा सहजता आएको उल्लेख गरिन । उनका अनुसार ब्लक (ए) बाट नसर्ने रोगहरुका बारे सामान्य ल्याव परिक्षण गरिने छ । ब्लक (बी) बाट अति जोखिम अवस्थाका विरामीहरुको ल्याव परिक्षण गरिने र ब्लक(सी) बाट सामान्य संक्रमण भएको विरामीहरुको ल्याव परिक्षण गरिने छ ।

उनले भनिन् , ‘हामीसंग तीनवटा व्लक भए । व्लक ए मा नसर्ने रोगहरु, व्लक बी मा सर्ने रोगहरु र सीमा एचआईभी हेटाटाईटिस लगायतका रोगहरुको परीक्षण हुनेछन् । यसले परीक्षणमा सहजता थप्नेछ ।’

नेपालमा वि.स.२०२१ सालमा वीर अस्पतालको प्याथोलोजी विभागबाट सुरु भएको प्रयोगशाला परीक्षण सेवा २०३४ मा केन्द्रिय प्रयोगशाला २०५० मा आएर छुट्टै रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला स्थापित भइ विभिन्न सरकारी स्तरमा किसिमका सरुवा रोगहरु, नसर्ने रोग र पछिल्लो समयमा देखा परेका विभिन्न किसिमका नयाँ रोगहरुको प्रयोवगशाला परिक्षण र अनुसन्धान गर्दै आएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *