आयुर्वेद अनुसन्धान केन्द्रको अध्यक्षमा डा. ऋषिराम कोइराला नियुक्त

काठमाडौँ, २९ पुस । सरकारले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. ऋषिराम कोइरालालाई नियुक्त गरेको छ ।

अध्यक्षसहित सरकारले अन्य चार सदस्य पनि नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष र सदस्यहरुले आजै पदभार ग्रहण गरेका छन् ।

सरकारले पुस २५ गते डा. कोइरालासहित सदस्यहरुमा डा. सरिता श्रेष्ठ, डा. श्याममणि अधिकारी,  डा. शंकर गौतम र डा. शंकर प्रसाद पौडेललाई नियुक्त गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *