स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति बन्न ३० को दरखास्त

काठमाडौं, २९ पुस । स्वास्थ्य मन्त्रालयअन्तर्गतका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न ३० जनाले दरखास्त दिएका छन् ।

लामो समयदेखि उपकुलपति रिक्त रहेका ती प्रतिष्ठानमा नियुक्तिका लागि ३० जनाले कार्ययोजनासहित दरखास्त दिएका हुन् । उपकुलपति बन्न योग्य व्यक्तिले २७ पुसभित्रमा दरखास्त दिन मन्त्रालयले २० पुसमा आह्वान गरेको थियो ।

यसअघि उपकुलपति नियुक्ति गर्दा सर्च कमिटीले सीधै छान्ने प्रावधान थियो ।दरखास्त आह्वान गरेर उपकुलपति छान्न लागिएको यो पहिलोपटक भएको स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतिले बताए ।

स्वास्थ्यमन्त्री तथा सर्च कमिटी सदस्य गगन थापाले सर्च सिधै व्यक्ति सिफारीस गर्नुभन्दा योग्यता र क्षमता प्रदर्शन गर्ने अवसरसहित त्यसको आधारमा उपकुलपति नियुक्ति गर्नु उपयुक्त हुने भएकाले कार्ययोजना माग गरेको बताए ।

दरखास्त दिने ३० जना नै उपकुलपति बन्न योग्य व्यक्ति भए पनि कार्ययोजनाको अध्ययनपछि उपयुक्त व्यक्ति छनोट गरी केही दिनभित्रै सिफारिस गरिने बताए ।

सिफारिस गरिएका व्यक्तिहरूमध्येबाट प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री प्रचण्डले उपकुलपतिको अन्तिम टुंगो लगाउनेछन् । लामो समयदेखि उपकुलपति नियुक्ति हुन नसक्दा ती प्रतिष्ठानमा आर्थिक प्रशासनिक काम अलपत्र परेको स्वास्थ्यमन्त्री थापाले बताए । उनले विभिन्न कारणले नियुक्तिमा ढिलाई भए पनि अब नियुक्तिको बाटो खुलेको जिकिर गरे ।

आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *