स्वास्थ्य बीमा विधियेक सहमतिका लागि अर्थ मन्त्रालयमा

 

काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य बीमा विधियेक – २०७३ सहमतिका लागि अर्थमन्त्रालय पठाएको छ । आठ वटा जिल्लामा बीमा सुरु भईसकेपनि बीमा ऐन बनिसकेको छैन् ।

मन्त्रालयका कानून उपसचिव शम्भुराज रेग्मीले अर्थको सहमति पछि रायका लागि कानून मन्त्रालय पठाउने र त्यसपछि मन्त्रिपरिषदमा पठाउने तयारी भएको बताए । उनले बीमा कार्यन्वयनका लागि ऐन आवश्यक भएकोले मन्त्रालयले प्राथमिकताका साथ ऐनको मस्यौदा बनाई पठाएको बताए ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले कैलाली, बाग्लुङ, इलाममा बीमा कार्यक्रम सुरु गरि स्वास्थ्य सेवा समेत प्रदान गरेको छ । त्यसबाहेक बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा पुस महिनाबाट बीमा कार्यक्रम सुरु भएको छ ।

सरकारले यसबर्ष मात्रै २५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *