प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

रोम, २७ पुस । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ ।

फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्किएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला परेको उनको कार्यालय चिजी प्यालेसले जनाएको थियो ।

चिजी प्यालेसले प्रधानमन्त्रीको रोगसम्बन्धी थप विस्तृत विवरण नखुलाए ता पनि इटालिको समाचार समिति आन्साले रोमको स्थानीय जेमेल्ली अस्पतालमा प्रधानमन्त्री जेन्टिलोनीको तत्कालै एन्जियोप्लास्टी शल्यक्रिया (मुटु रोगसम्बन्धी गम्भीर र विशेष खालको शल्यक्रिया) सम्पन्न गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर र राम्ररी सुधार भइरहेको जनाएको छ ।

पेरिसबाट रोम फर्किने क्रममा अकस्मात् बिरामी भएपछि उनलाई सिधै अस्पताल लगी भर्ना गरिएको थियो ।

प्रधानमन्त्री जेन्टिलोनी हाल ६२ वर्षका छन् । इटालिको पूर्व प्रधानमन्त्रीसहित मन्त्रिमण्डलका सबै सदस्यले राजीनामा दिएपछि गत महिनादेखि मात्र उहाँले कार्यभार सम्हाल्न सुरु गरेका थिए ।

यसअघि, पूर्वप्रधानमन्त्री म्याटेओ रेन्जिको सरकारमा उनले विदेश मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए। रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *