स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा भारी वृद्धि


राजविराज, २६ पुस । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालको परिवार नियोजन संस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेब सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिला आउने क्रम बढेको छ ।

उनले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे पनि अहिले आवश्यकताभन्दा बढी बन्ध्याकरण गर्नेको भीड लागेको बताइन ।

खासगरी तराईका जिल्लामा पुस, माघ र फागुन महिनामा बढी महिलाले बन्ध्याकरण गर्नाले यत्रो ठूलो सङ्ख्या बढेको जनाइएको छ । पुस १ गतेदेखि पुसको तेस्रो सातासम्ममा ४१० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *