अञ्चल अस्पतालमा आईसियु छ, डाक्टर छैन् ‘सिएस’ समेत हुँदैन

काठमाडौँ, २६ पुस । कर्णालीकै बिकट मानिने हुम्लाको जिल्ला अस्पतालमा सल्यक्रियाद्धारा सुत्केरी गराउने पद्धती(सिजेरियन सेक्सन)सुरु भईसक्यो । पूर्वको विकट ताप्लेजुङ जिल्ला अस्पतालमा पनि सो सेवा सुरु भएको छ । तर सुदूरपश्चिमको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा सिरेरियन त के सानो पनि सल्यक्रिया हुँदैन् ।

५० बेडको स्थायी स्विकृति लिई थप ५० बेड समेत विस्तार गरी एक सय बेड सञ्चालन गरेको सो अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नपुग्दा समस्या भएको हो । अस्पतालका निमित्त निर्देशक डा श्रीकृष्ण भट्टले २७ जना दरबन्दीमा १७ जना रिक्त भएको बताउछन् ।

‘अप्रेशन गर्न एनेस्थेसिया दिनुपरयो तर एनेस्थेटिष्ट नै छैन्, त्यसैले सामान्य मानिने सिजेरियन, हर्नियाको समेत सल्यक्रिया हुन् सकेको छैन् । त्यसैले हामी सामान्य सल्यक्रियाका लागि समेत धनगडी पठाउन बाध्य छौँ ‘डा भट्टले भने । उनले अहिले पनि महिनामा डेढ सय बढी नर्मल सुत्केरी अस्पतालमा आएर भएको बताए । ‘त्यसको १५ /२० प्रतिशत सिएस गर्नुपर्ने हुन्छ जो हामीले सक्दैनाँ र धनगडी पठाउछौँ,’उनले भने ।

अस्पतालका लागि अत्यावश्यक जनशक्ति र औजारको माग गर्न मन्त्रालय आएका डा भट्टले मन्त्री गगन थापा, सचिव डा सेनेन्द्रराज उप्रेतीलाई भेटेरै समस्या राख्ने बताएका छन् । उनले भने, भन्दा अञ्चल अस्पताल डाक्टर जाँदैनन, भएका डाक्टरलाई उपकरण छैन् ।

दैनिक डेढ सय बढी विरामी आउने सो अस्पतालमा सरकारले चार बेडको आईसियु तयार गरिदिएको छ । तर दरबन्दी अनुसार चिकित्सक नपुगेपछि तयारी अवस्थाको आईसियु समेत सञ्चालनमा आएको छैन् ।

‘अहिले हामीसंग अस्पताल विकास समितिका ३ जना, करारका २ जना, स्थायी २ जना र कन्सलटेन्ट २ जना र एक जना भर्खरै हाजीर हुन पुग्नु भएको छ । तर सल्यक्रियाका लागि अत्यावश्यक एनेस्थेशिष्ट, गाईनेकोलोजिष्ट आदि छैन्,’ डा भट्टले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *