स्वस्थ जीवनका लागि आजै देखि त्यागौँ धूमपान

चुरोट, बिँडी, सिगार, हुक्का, खैनी आदि सबैको सेवन धूमपान हो । यिनीहरूलाई जुनसुकै तरिकाले प्रयोग गरिए पनि स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ । तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुपर्छ । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निर्णय गर्नु भनेकै धूमपान सेवन बन्द गर्नु हो ।

कति मानिसले सेवन गर्छन् ?

  • विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्ने गर्छन् ।
  • तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मर्ने गरेका छन् ।
  • विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या एक करोड पुग्ने अनुमान गरेको छ ।
  • मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धूमपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोटसेवनले मात्र गर्छ ।
  • ३० देखि ५० वर्ष उमेर भएका चुरोटसेवन गर्ने व्यक्तिलाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँचगुणा बढी हुन्छ ।
  • अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको पाइएको छ ।
  • नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्तीसेवनका कारण मृत्यु हुने गरेको छ ।

हृदयघात :

  • धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।
  • यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ ।
  • मुटुको रक्तनली साँघुरो बनाउँछ ।
  • सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
  • चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
  • चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ ।
  • यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयघात गराउँछ ।

फोक्सोको क्यान्सर :

  • चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ ।
  • फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।

अन्य असर :

  • सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ ।
  • सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।
  • महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ ।
  • हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ ।

चुरोट छोड्दा हुने फाइदा

  • चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
  • केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको छ ।
  • केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
  • बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *