सेना प्रहरीको जस्तै छुट्टै श्रमिक अस्पताल बनाउने सरकारको तयारी

काठमाडौँ, २४ पुस  । सरकारले श्रमिक बर्गको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै श्रमिक अस्पताल बनाउने भएको छ । नेपालमा १० लाख बढी श्रमिक संगठित रुपमा रहेको तथ्यांक राज्यसंग छ ।

संगठित नभएकालाई समेत आधार मान्दा कुल जनसंख्याको ४० प्रतिशत श्रमिक बर्ग रहेकाले त्यो बर्गको स्वास्थ्य उपचार गर्न श्रमिक अस्पताल बनाउन लागेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बताए ।

मन्त्री गुरुङले श्रमिक अस्पताल निर्माण गर्न प्रक्रिया अघि बढीसकेको जानकारी दिए । ‘नेपालमा श्रमिकको संख्या ठूलो छ, गुरुङले भने ‘उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हामीले श्रमिक अस्पताल बनाउने तयारी गरेका हौँ।’ उनले सबैप्रक्रिया केही समयमै पुरा हुने बताए ।

‘सहज, सरल सहुलियत र सर्वसुलभ रुपमा उपचारको व्यवस्था गर्न सरकारले श्रमिक अस्पताल बनाउन लागेको हो,’ मन्त्री गुरुङले भने ।
आजको नयाँ पत्रिकामा  समाचार छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *