आफूले नसकेपछि पेटस्क्यान खरीदको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौँ, २३ पुस । तीनपटक बजेट पाएर पनि आफूले खरीद गर्न नसकेपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पेटस्क्यान मेसिन किन्ने जिम्मा स्वास्थ्य मन्त्रालयतर्फ फर्काएको छ ।सरकारले यसबर्ष पनि पेटस्क्यानका लागि ५५ करोड बजेट छुट्याएको छ ।

पुराना पदमुक्त भई छ जना नयाँ सदस्य नियुक्त भएपछि शनिबार बसेको बैठकले अस्पताल सुधारका केही महत्वपूर्ण निर्णय गरेका अध्यक्ष डा प्रकाशराज न्यौपानेले दावी गरे ।

शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले फागुन देखि विस्तारित स्वास्थ्य सेवा ( इएचएस) लागू गर्ने निर्णय भएको बताए । उनले अस्पतालमा कार्यरत चिकित्सकहरुलाई नीति क्लिनिक तथा स्वास्थ्य संस्थामा जान रोक लगाउने निर्णय भएको समेत जानकारी दिए । यद्धपी उनले कार्यान्वयनको मिति भने खुलाएनन् ।

नयाँ मापदण्डले दोहोरो नियुक्ति पाएका केही सदस्यहरु हटेपनि जोगिएका डा न्यौपानेले आफू सेरेमोनियल पदमा रहेकोले समस्या नहुने बताए । डा न्यौपाने भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् ।

आजको बैठकले नेपालगंजमा क्यान्सर अस्पताल संचालनको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि अगाडि बढ्ने निर्णय गरेको समेत अध्यक्ष डा न्यौपानेले जानकारी दिए । उनले बैठकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नेशनल क्यान्सर इन्टिच्युटमा परिणत गर्न आवश्यक तयारी शुरु गर्ने समेत निर्णय गरिएको बताए । अस्पतालले हाल विभिन्न देशका विश्वविद्यालयसँग समन्वय गरि क्यान्सर रोग सम्बन्धी अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य मन्त्रीबाट अस्पताल सुधारको लागि दिइएका निर्देशनहरु समयतालिका बनाई कार्यन्वययनमा लैजाने समेत बैठक निर्णय गरिएको सो अवसरमा जानकारी दिइयो ।

लामो समय देखि अस्पतालमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य मन्त्री मा.गगन कुमार थापाले संचालक समितिका अध्यक्षका र निर्देशकलाई अस्पताल सुधार गर्न पटक पटक निर्देशन दिएका थिए ।

अस्पतालले हाल विभिन्न देशका विश्वविद्यालयसँग समन्वय गरि क्यान्सर रोग सम्बन्धी अनुसन्धान गरिरहेको छ । अस्पतालको आव २०७३/७४ को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र नेपाल सरकारद्धारा साउनदेखि लागु हुने गरि तलब वृद्धि र ग्रेडको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइयो ।

संचालक समितिमा हाल कायम रहेका १२ सदस्य मध्ये अध्यक्ष डा प्रकाशराज न्यौपाने, सदस्यहरु डा दिपेन्द्ररमण सिह (प्रतिनिधि स्वास्थय मन्त्रालय), डा तारा मानान्धर, डा आरती शाह, डा अनु कुशवाह, डा सरिता घिमिरे, दिनेश कोइरला, सुस्मिता रिमाल र वीपी कोइराला कयान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चीन बहादुर पुनको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *