भोजपुर १९ औँ पूर्ण खोप सुनिश्चितता घोषित

भोजपुर, २३ पुस । भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गरेका हुन् ।

सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३बालबालिकाले एक वर्षभित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने पत्रकार र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *