कान्ति बाल अस्पतालमा अब ५२ बेडको आईसियु

काठमाडौँ, २२ पुस । कान्ति बाल अस्पतालमा ५२ बेडको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा आएको छ । पुरानो १८ र नयाँ ३४ गरि कुल ५२ बेडको आइसियु सेवा सञ्चालनमा आएको हो ।

अस्पतालको ५५ औँ बार्षिकोत्सव समारोहको अवसरमा शुक्रबार( आज) स्वास्थ्य मन्त्री गगन थापाले विस्तारित एकीकृत आईसियू विभागको उद्घाटन गरे ।

 

अस्पतालका निर्देशक डा अजित रायमाझीका अनुसार ५२ बेड आईसीयु मध्ये पीआईसीयु १५, एनआईसीयु २५, एसआईसीयु १० र आईसोलेसन वार्ड २ रहेका छन् ।

यसअघि १८ बेड आईसियु थियो । जसमध्ये ८ बेड एनआइसियु ६ बेड पिआइसियु र ४ बेड सर्जिकल आइसियुका थिए।

कान्तिले ५२ बेडको आईसियुलाई एकै भवनमा व्यवस्थित गरेको छ । पुरानो आईसियुलाई समेत नयाँ आईसियु बनाएकै कक्षमा लैजाँदै छ ।
आइसियू विभागभित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको छ।

डा. रायमाझीले आज उदघाटन भएपनि नयाँ आईसियुको सञ्चालन भने केही दिनमा सुरु हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *