जाडो मौसममा हृदयघात किन बढी हुन्छ ?

गर्मीमा भन्दा जाडो मौसममा मुटुसम्वन्धी रोगका विरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भईसकेका व्यक्तिमा पुन बल्झिने सम्भावना समेत हुन्छ ।

त्यसको दुई तीनवटा कारण छन् । एउटा कारण चिसोले गर्दा भ्याजुस्पाजम अर्थात बढी चिसो हुँदा मुटुका रक्तनलिहरु झ्याप्प बन्द भैदिने अवस्था । यसरी चिसोले मुटुका कुनै नलिहरु एक्कासी बन्द भईदिन्छ । यसले मुटुको कुनै भागमा तत्काल रक्तसञ्चारमा अवरोध हुन्छ । र हृदयघात हुनसक्छ ।

विशेष गरी मुटुको नलि बन्द भई हृदयघात भईसकेको अथवा जसलाई हामी अथ्रेसक्ल्योरोटिक प्रोसेस भन्दछौँ यस्तो व्यक्तिलाई समस्या दोहोरिन सक्छ । त्यसैले हामीले कोलेस्टेरोल उच्च भएको, व्लड प्रेसर उच्च भएको व्यक्तिलाई धेरै चिसोमा बाहिर ननिस्कने सल्लाह दिन्छौँ ।
किनभने चिसोले एकाएक झ्याप्प मुटुको नलिहरु भ्याजुस्पाजम ( खुम्चिएर) हृदयघात हुने डर हुन्छ ।  विशेषगरी चिसो हावा लागि रहेको बेलामा त्यो डर बढी हुन्छ ।

गर्मीमा भन्दा जाडोको बेला व्लड प्रेसर बढ्छ ?
हो मौसमले पनि प्रेशरमा असर गर्छ । गर्मीमा भन्दा जाडोको बेला व्लड प्रेसर अर्थात उच्चरक्तचाप बढ्छ । त्यसको कारण भनेको चिसोको बेलामा छाला मुनिका मसिना नलिहरु खुम्चिन थाल्छन र रगत भित्रको मुख्य नलिमा जान्छ ।

बाहिरका नसामा बहने रगत समेत भित्रका नसामा गएपछि चाप बढी हाल्छ । फेरी चिसोको बेलामा रगतको नलिको साईज अर्थात डायमिटर खुम्चिएर केही सानो हुन्छ । त्यसले पनि प्रेसर बढाउन मद्धत गर्छ

त्यो बाहेक खानपीनको कुराले पनि जाडोमा प्रेसर बढ्छ :
जाडोको बेला भोक बढी लाग्छ मानिसलाई । कार्बोहाईट्रेड बढी खाईन्छ । चिल्लो बोसो बढी खाने हुन्छ । तर त्यो अनुसारको व्यायम कम हुन्छ । गर्मी याममा व्यायम बढी हुन्छ ।

त्यसले गर्दा शरीरको क्यालोरी घटने प्रक्रिया समेत कम हुन्छ बरु क्यालोरी र कोलेस्टेरोल जम्मा हुने प्रक्रिया बढी हुन्छ । यी कारणले गर्दा जाडोमा मुटुरोगीहरु बढछन् ।

अर्को कारण जाडोको मौसममा दिन भन्दा रात लामो हुन्छ । त्यसले गर्दा हामी आराम बढी गर्छौ । मानिसहरुको काम गर्ने समय पनि कम हुन्छ । आराम बढी हुन्छ । यसले गर्दा मुटुरोगी बढी हुन्छ ।

जाडोको बेलामा चुरोट खानेले पनि बढी चुरोट खान्छ । रक्सी खानेले पनि बढी खाईदिन्छ । यस्ता धेरै कारणले सबै फ्याक्टरहरु बढी हुन्छ ।

जाडोको बेलामा मुटुरोगीले अपनाउनुपर्ने ५ कुरा

  • एकदम चिसो बेला वा सकेसम्म विहान घर बाहिर ननिस्कने । चिसो हावा लाएको बेला ननिस्कने । मर्निङ वाकको सट्टा इभिनिङ वाक गरेपनि हुन्छ ।
  • चुरोट सेवन गर्दै नगर्ने, नगरी नछोडने बानि हो भने पनि विहानै चिसोमा हिडदा चुरोट खाँदै नखाने । चिसोमा चुरोट तान्दा धुवासंगै चिसो हावा पनि संगै भित्र जान्छ र यसको असर सिधै मुटुमा पर्नसक्छ । यसले हृदयघात बनाउन मद्धत गर्छ ।
  • विहानै चिसोमा हिडदा वा विहानै उठेर एकदम चिसो पानी पनि नखाने । मनतातो पानी खाने ।
  • जाडोको बेलामा शरीरमा क्यालोरी यत्तिकै पनि बढी हुन्छ । किनभने दिन छोटो हुन्छ । शारीरिक व्यायम पनि कम हुन्छ । त्यसले गर्दा खाना घटाउनुपर्छ । कार्बोहाईट्रेड घटाउनुपर्छ ।
  • माछामासु भन्दा फलफुल हरियो तरकारीमा जोड दिने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *