‘९ (ख)’ अन्तर्गतका कर्मचारी पदस्थापन गर्ने योजना असफल, कर्मचारीहरु आन्दोलनमा

 

काठमाडौँ, २० पुस । अर्थ र सामान्य मन्त्रालय सकारात्मक नभएपछि दफा ९ ख अन्तर्गत बढुवा भएका कर्मचारीको पदस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको योजना रोकिएको छ । यता पदनाम पाई पदस्थापन हुन नसकेका कर्मचारीले भने मंगलबारबाट मन्त्रालय केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।

पूर्वाञ्चलबाट आएका ९ ‘ख’ अन्तर्गतका कर्मचारीहरु मंगलबार दिउसो स्वास्थ्य मन्त्रालयमा नाराबाजी गर्दै उत्रिएपछि स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले कर्मचारीका प्रतिनिधी बोलाई बार्ता गरेका थिए । यद्धपी सो बार्ताबाट कर्मचारीहरु सन्तुष्ठ देखिएका छैनन् ।

त्यसअघि मंगलबार नै स्वास्थ्य मन्त्री गगन थापाले सचिव डा. उप्रेतीसंग ‘९ ख’ कर्मचारीको समस्या समाधान गर्ने उपायका बारेमा राय लिएका थिए । राय लिएपछि उनले दुई तीन दिन भित्र प्रधानमन्त्रीसंग छलफल गरेर भएपनि समस्या समाधान गर्ने निस्कर्षमा पुगेका छन् ।

चौथो तहका कर्मचारीहरु स्वास्थ्य सेवा ऐनको दफा ९ ख अन्तर्गत बढुवा भएर छैटौ तहमा पुगेपनि उनीहरुको छैटौ तहमा पदस्थापन हुन सकेका छैनन् । करीब ३ हजार २ सयको हाराहारीमा रहेका ती कर्मचारीहरुलाई पदस्थापन गर्ने व्यवस्था ऐनमा नभएपछि समस्या परेको हो ।

‘९ ख’ अन्तर्गतका कर्मचारीको पदस्थापन नहुँदा पाँचौँ तहका हेल्थ असिस्टेन्ट( एचए)संग विवाद हुँदै आाएको छ । खासगरी स्वास्थ्य चौकीको इन्चार्ज को हुने भन्नेमा विवाद हुने गरेको छ ।

मन्त्री थापाले चौथो तह र छैटौँ तहमा दरबन्दीको व्यवस्था गरि समस्याको समाधान गर्ने पक्षमा थिए । तर अर्थ र सामान्यले छैटौँ तहमा दरबन्दी सिर्जना गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई सकारात्मक रुपमा लिएको छैन ।

स्वास्थ्य सचिव डा. उप्रेतीले पदनाप पाएर पदस्थापन हुन नसकेका कर्मचारीहरुको समस्या समाधान गर्ने प्रयास भईरहेको बताए । उनले अर्थ र सामान्य मन्त्रालयमा विकल्प सहितका विभिन्न प्रस्ताव पठाईसकेको र सो क्रम जारी रहेको जानकारी दिए ।

ऐनमा केही कानूनी गाँठो रहेको र त्यसलाई फुकाउन सामान्य र अर्थको सहमति चाहिने हुनाले केही ढिलाई भएको सचिव डा. उप्रेतीको तर्क थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “‘९ (ख)’ अन्तर्गतका कर्मचारी पदस्थापन गर्ने योजना असफल, कर्मचारीहरु आन्दोलनमा

  1. अनावश्यक तह बढुवाको परिणाम हो यो | शिक्षकको जस्तो अ हे व प्रथम, द्वितीय तृतीय, हे अ र अरुको नि त्यो तरिकाले बढुवा गरेको भए टन्टै साफ हुन्थ्यो | अहिले त १८ महिना तालिम लियो अहेब भयो छैटौं को पदनाम माग्यो निजामतीको २४ घ भनदा जटील छ यो | २४ घ जस्तै यसको नि खारेज गर्नुपर्छ | बढुवा गर्न सबै प्राविधिकलाई शिक्षकजस्तो बढुवा गर्नुपर्छ |

  2. Health Assistant (Fifth) SAHW (Sixth) Ko bich Incharge Pad ko lagi bhairaheko Ladaima . ma K bhanna chahanchu bhane #?? HA 3 barsa Course ho AHW 18 month ko course ho. #hami if Qualifications Hoina Experience ko Adhar ma . Gayeu ra Hamro Yen niyem ma Na bhayeko Ullekh na gariyeko Yedi Nirnaye Hunxa Bhane ? ki ta Act N regulations lai Jalaunus Ki ta HA lai HA (Seventh) Level ma Posting garne Niyem banaunus… #Hami Experiance No Adhar MA Level Dina Tayar Kunai pani halat ma Tayar hudainau #Thank u..

Leave a Reply

Your email address will not be published. Required fields are marked *