नियमित स्तनपानले मोटोपना घटाउँछ

पौष्टिक आहारका कारणले होस या जंकफुड खानाले होस हिजोआज बच्चाहरुको तौल चाहिने भन्दा बढी हुने गरेको छ । आफ्नो आमाको दुध राम्ररी खान नपाएका भएपनि बालबालिकाहरु बजारमा पाइने विभिन्न आहार खाने गर्नाले मोटोघाटो देखिने गरेका छन ।

अझ विकसित देशहरुमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ । तर अनुसन्धान के भन्छ भने, जो बच्चाले लामो समयसम्म आमाको दुध खान पाउछ वा नियमित स्तनपान गर्न पाएको छ उसमा मोटोपनाको सम्भावना निकै कम हुन्छ ।

हालै जापानमा गरिएको एक अध्ययनले सो देखाएको हो । ४३ हजार बच्चाहरुमा गरिएको अध्ययनमा जो बच्चालाई ६ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेसफिडिङ’ गराइएको थियो ती बच्चाहरुमा मोटोपन हुनेसम्भावना १५ प्रतिशत कमी देखियो । उनीहरु बलियो दह्रो र फुर्तिलो भएको पाइयो ।

तर जो बच्चाले आमाको दुध बाहेकका कृतिम बस्तुहरुको सेवन गरे उनीहरु फुर्तिलो तेजिलो भएनन तर उनीहरुमा मोटोपना देखियो ।
अनुसन्धानकर्ताहरुले स्तनपानले बच्चाको मात्रै नभई आमाको स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।

उनीहरु भन्छन्, ‘लामो समय आमाको दुध खाने बच्चालाई पेटको समस्या, सक्रमण तथा एलर्जी हुने सम्भावनाबाट बचाउँछ ।’

सो अध्ययनमा ७ – ८ बर्षका कम तौल भएका बच्चा, सामान्य तौलका बच्चा र बढि तौल भएका बच्चाहरु समावेश गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *