लगातार टाउको दुख्छ ? माईग्रेन भएको हुनसक्छ

लामो समयसम्म लगातार एकनासले टाउको दुखि रहन्छ तर एमआरआई सिटिस्क्यान गर्दा टाउकोमा केही देखिदैन् । यदि यस्तो लक्षण तपाईँमा पनि छ भने त्यो माईग्रेन हुनसक्छ ।

त्रिवि शिक्षण अस्पतालका स्नायुरोग विशेषज्ञ डा मोहन शर्मा भन्छन्, अस्पतालमा आउने २० देखि ५० उमेर समूहका धेरै व्यक्तिलाई माईग्रेनको समस्या देखिएको छ । त्यसैले यसमा सचेत हुन जरुरी छ ।

यो उमेरका व्यक्तिले विशेषत पढाई, करिअर साथै भविस्यको चिन्ता लिने भएको र शरीरमा हुने हर्मोनको गडबढीले समस्या थप जटिल बन्ने उनको बुझाई छ ।

आज हामी उनै डाक्टर शर्मासंग हाईग्रेन समस्या र समाधानका उपायका बारेमा जान्ने कोसिश गरेका छौँ ? हेरौँ उनीसंग गरिएको कुराकानीको संक्षेप :

के हो माईग्रेन ?
माईग्रेन एक खालको टाउको दुख्ने रोग हो । सामान्य खालको माईग्रेनमा टाउको दुखाई मात्र हुन्छ तर जटिल खालको माईग्रेन हुँदा हात खुट्टाहरु नचल्ने, आँखा दुख्ने झम्झमाउने लगायतका लक्षण देखिन्छ । अनुसन्धानले आजसम्म सामान्य खालको माईग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिएको छ ।

किन दुख्छ टाउको ?

यो रोग भएका विरामीको टाउको भित्रका मष्तिस्कका रक्तनलीहरु समय समयमा फुक्ने गर्नाले रक्तनलि वरपरका नशाहरु तन्किन्छन र यी नशाहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्दछन् । जसले गर्दा टाउको भित्र इन्फ्लामेसन गराउँछ र टाउको दुख्न थाल्दछ वा माईग्रेनका लक्षणहरु देखिन थाल्दछ ।

माईग्रेन भईसके पछि लामोसमयसम्म टाउको दुख्न सक्छ । अर्थात औषधि मात्रै सजिलै सन्चो नहुन सक्छ । त्यसैले औषधिको साथसाथै आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्छ । अर्थात तनाव कम लिने, चक्लेट आईसक्रिम जस्ता पदार्थको कम खाने गर्नु राम्रो मानिन्छ ।

के हुन् माईग्रेनका लक्षणहरु ?

माईग्रेन एउटा क्रोनिक( लामो समयसम्म लागि रहने रोग हो ) जसले गर्दा यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने गर्छ । माईग्रेन भईसकेपछि यो रोग पूर्णरुपमा सञ्चो हुन निकै समय लाग्छ ।

यस रोग लागिसकेपछि विरामीलाई टाउकोको एक भाग मात्रै दुख्ने, वाक वाक हुने र कहिलेकाहि बान्ता समेत हुने, हात खुट्टा चिसो हुने, कहिलेकाँही एकै पक बेजाडसंग २४ घण्टासम्म टाउको दुख्ने गर्दछ । साथै बिरामीले धेरै हल्ला, चर्को आवाज सुन्न नसहने तथा एकान्त ठाँउमा बस्न मनपराउने हुनसक्छ ।

महिलाहरुमा महिनावारीका बेला हुने हर्मोनको गडबढीले पनि यो रोग बढी लाग्ने गरेको बताइन्छ । त्यस्तै धेरै तनाव चिन्ता लिने गर्नाले पनि यो रोग लाग्ने गर्छ । त्यस्तै परिबारमा कसैलाई माईग्रेन छ वा थियो भने उसपछिका सन्तानमा समेत यो रोग देखिन सक्छ अर्थात बंशाणुगत कारणले पनि यस्तो समस्या देखिनसक्छ ।

धेरै चकलेट खाने, आईसक्रिम खाने र धेरै घाममा हिड्ने व्यक्तिलाई पनि यो सम्भावना हुन्छ ।

के हो उपचार ?

यदि कुनै मानिसलाई धेरै समयसम्म लगतार टाउको दुखि रहन्छ र उसलाई एमआरआई, टाउकोको सिटिस्क्यान गर्नुपर्छ । यदि एमआरआई र सिटिस्क्यान गर्दा पनि टाउकोमा केही समस्या देखिएन र लामो समयसम्म टाउको लगातार दुखि रह्यो भने माईग्रेन भएको भनेर बुझ्न सकिन्छ ।

माईग्रेनको उपचार दुई तरिकाले गरिन्छ । एउटा औषधि सेवन विधि र अर्को जीवनशैलीमा परिवर्तन गर्ने । माईग्रेन देखिसकेपछि बिरामीले चकलेट कम खाने धुलो धुवाबाट बच्ने र आफूलाई तनावरहित राख्नुपर्छ । यदि माईग्रेन एट्याक भएमा टाउको सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाहमा दुखाई क मगर्ने औषधि सेवन गर्न सकिन्छ ।

बिरामीले दैनिक शारीरिक व्यायम गर्ने जस्तै दैनिक आधा घण्टा हिड्ने,धूमपान मध्यपान नगर्ने, स्वस्थ भोजन अपनाउने लगायतका जीवनशैलीमा परिवर्तन गरेर पनि रोगबाट जोगिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *