२६ जना महिला अर्कै पुरुषको बीर्यबाट गर्भवती भएपछि…….

नेदरल्याण्ड – एउटा आईभीएफ सेन्टरले आफूकहाँ उपचार गरिरहेका २६ महिला गलत पुरुषको शुक्राणुबाट गर्भवती भएको हुनसक्ने खुलासा गरेको छ ।

युट्रेच युनिभर्सिटी मेडिकल सेन्टरले सन् २०१५ अप्रिलदेखि सन् २०१६ नोभेम्बरको बीचमा गर्भवती भएका महिलाहरुमा गर्भाधानका बेला प्रक्रियागत गडबडी भएको जनाएको छ । उसले सोही कारण फरक पुरुषको शुक्राणुबाट गर्भवसेको हुनसक्ने स्पष्ट पारेको छ ।

सेन्टरद्धारा जारी विज्ञप्तीमा आफूकहाँ उपचारमा आएका २६ दम्पती मध्ये आधी जोडीको गर्भधारण भइसकेको वा उनीहरुको बच्चा नै जन्मिसकेको हुन सक्ने जनाएको छ ।

उसले उपचाररत महिलाहरुलाई गडबडीबारे सूचना दिइसकेको जनाउदै नमिठो सूचना दिनुपरेकोमा माफी मागेको छ ।

विज्ञप्तिमा निशेचनका क्रममा २६ अन्य जोडीको अण्डाणुसँग उपचार गराइरहेका एउटा दम्पतीको शुक्राणुसँग सेचन भएको हुन सक्छ । त्यसैले अण्डाणुसँगको शेचन पिता बन्न चाहेका पुरुषको शुक्राणुबाट नभएपछि अर्कै पुरुषको शुक्राणुबाट भएको अनुमान गरिएको छ ।

मेडिकल सेन्टरले यस प्रकारको गल्तीको सम्भावना कम भएको तर त्यसलाई अस्वीकार गर्न पनि नसक्ने जनाएको छ । सन् २०१२ मा सिंगापुरमा एक जना महिलाले एउटा क्लिनिकमा उनका पतिको शुक्राणुमा अज्ञात व्यक्तिको शुक्राणुसँग मिसाएको मुद्दा हालेकी थिइन् ।

चिनियाँ मुलकी ती महिलाले आफ्नो बच्चाको छाला र कपालको रंग आफ्ना ककेसियन मूलका पतिको भन्दा फरक पाएपछि त्यस्तो शंका गरेकी थिइन् । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *