यी हुन् शाकाहारी हुँदा स्वास्थ्यमा हुने फाइदाहरु

स्वस्थ जीवनका लागि शाकाहारी रहनु वा मांसहारी हुनुको आ आफ्नै महत्व छ । यद्धपी आज हामीले शाकाहारी हुँदाका फाईदाहरु प्रस्तुत गरेका छौँ

  • शाकाहारी खानामा बोसो र चिल्लोपन नहुने हुँदा पचाउन सजिलो हुन्छ ।
  • शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व हुन्छन्, जुन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । त्यसका साथँै भिटामिन, फाइबरजस्ता पदार्थ पनि पाइन्छ ।
  • मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी मानिन्छ ।
  • शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या हुने सम्भावना कम हुन्छ । किनकि, यिनीहरूले कोलेस्ट्रोल बढ्न दिँदैनन् ।
  • उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।
  • शुद्ध शाकाहारी भोजन लिने व्यक्तिलाई मुटुरोगको सम्भावना कम हुन्छ ।
  • हरियो सागसब्जीमा भिटामिन ए प्रशस्त हुने हुँदा आँखा तेज बनाउछ, छाला स्वस्थ बनाउँछ, दाँत बलियो बनाउन मद्दत गर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *