त्रिवि शिक्षण अस्पतालको छानाभरी सोलार प्यानल

काठमाडौँ, ११ पुस – त्रिवि शिक्षण अस्पतालले विद्युतीय भार कटौती गरी खर्च गर्न सोलार जडान गरेको छ । अस्पतालमा विजुलीको भारको बढ्दै गएपछि त्यसलाई कम गर्ने विकल्पको रुपमा सोलार पावर प्रयोगमा ल्याउन लागिएको हो ।

अहिले अस्पतालका पुरानो भवनका छतमा धमाधम सोलार प्यानल जडान कार्य भईरहेको छ । अस्पतालले सबै भवनका छानोमा सोलार प्यानल राख्ने योजना अघि बढाएको छ ।

अस्पतालका निर्देशक डा. दीपक महराले १२ करोड लागतमा सोलार प्रोजेक्ट अघि सारिएको बताए । त्यसका लागि अर्थ मन्त्रालयसंग बजेट माग भईसकेको जानकारी दिए । अस्पतालमा विद्युत चुहावटले अनावश्यक व्यायभार बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्ने योजना अनुरुप सोलार प्रोजेक्ट अघि सारिएको बताए ।

‘अस्पतालले दिनभर सोलारबाट विजुलीको व्यवस्था गर्ने अघि सारेको छ । हामी दिनभरी सोलारले धान्ने व्यवस्था व्यवास्था मिलाउने कोशिशमा छौँ । त्यसो भयो भने राती थोरै विजुलीले काम गर्छ,’ निर्देशक डा. महराले भने । उनले सोलार जडानका लागि सबै अध्ययन पूरा भएको जानकारी दिए । सोलारको प्रयोग गर्दा १.४ मेगावाट विद्युत खपत हुने उनको भनाईछ ।

तीन फेजमा सोलार सेवा
अस्पतालले आफूले दिने सोलार सेवा तीन तहमा विभाजन गरेको छ । महराका अनुसार अप्रेसन थिएटर, पोष्ट अप्रेसन वार्ड र आईसियूलाई पहिलो फेजमा राखिएको छ । दोस्रोमा रेडियोलोजी, ल्याव र महत्वपूर्ण सेवा छन भने तेस्रोमा बाँकी सेवाहरु । उनले भविस्यमा अस्पतालको सबै सेवा सोलारबाट सञ्चालन गरी अस्पताललाई नमूना बनाउने योजना रहेको बताए ।

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *