यसकारण छिटो खुइलिन्छ पुरुषको तालु

धूमपान : धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ ।

अत्यधिक रक्सी सेवन :  बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ । आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ ।

बंशाणुगत कारण : पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ ।

हर्मोन समस्या :  पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो । शरीरमा डीएचटी हर्मोनको व्यालेन्स बिग्रदा यस्तो समस्या हुन्छ ।

सरायनयुक्त पदार्थको प्रयोग :  हरेक किसिमका हेयर जेल, कलर्स , शैम्फू, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा हुने साइड इफेक्टको कारण पनि कपाल झर्न थाल्छ । ती पदार्थमा कतिपयलाई सहन गर्न नसक्ने हानीकारक पदार्थ समेत मिलेको हुनसक्छ ।

तनाव : तनाव बढ्दा पनि पुरुषहरुको कपाल झर्नसक्छ । तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ । यसले कपाल भर्नेको समस्या ल्याउन सक्छ ।

अस्वस्थ खानपान : पुरुषहरुको छिटो कपाल खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ ।यसले कपाल झार्न मद्धत गर्छ ।

छालामा संक्रमण : टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायाँ पर्ने समस्या देखियो भने पनि त्यसले तिब्रगतिमा कपाल झार्न सक्छ ।

औषधिको असर : क्यान्सर , मुटु, उच्चरक्तचाप, डिप्रेशन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्ने कतिपयलाई औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *