जाडो मौसममा केशलाई सफा र सुन्दर कसरी राख्ने ? ब्यूटिसियन रिता श्रेष्ठको टिप्स

जाडो मौसमको शुरुवातसंगै केश खराब हुनु आम समस्या हो । जाडो मौसममा केशको चमक हराएर जान्छ साथै केशमा सुख्खापन आउने गर्दछ ।यस मौसममा केशलाई चिसोबाट जोगाउन सामान्यतया स्कार्फ वा टोपी लगाउने गरिन्छ । यसले केशलाई चिसोबाट त जोगाउछ तर केशलाई बाधेर राख्नाले ग्रन्थीहरु सक्रिय भई केशमा चिप चिपपन आउने गर्दछ ।

जाडो मौसममा केशमा आउने समस्या र समाधानका उपाय बारेमा ब्यूटिसियन  रिता श्रेष्ठले केही सुझाव दिएकी छन् । हेरौँ उनका सुझाव :

 

जाडो महिनामा चिसोबाट बच्न कतिपय मानिसहरु हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त दिन्छ तर केशमा भएको कोमलता पनि सोसि दिन्छ र केश सुख्खा हुने गर्दछ ।
त्यसैले चिसो मौसममा केशलाई सुख्खा हुनबाट बचाउन बढि भन्दा बढि पोषण तथा मोइस्च्वराइजरको प्रयोग गर्नु उत्तम हुन्छ ।
केशलाई सुख्खा हुन नदिन स्याम्पुको प्रयोग गर्न सकिन्छ तर दैनिक रुपमा पनि गर्नु हुदैन ।
हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट गरेको खण्डमा केशमा चमक आउँछ । किनकी स्पा ट्रिटमेन्टले टाउकोको छालामा रक्तसञ्चार बढ्छ ।

  •  स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्दछ । त्यस्तै केशलाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।
  • जाडो मौसममा कम्तीमा हप्तामा २ पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ । मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउँछ । हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यक अनुसार स्याम्पु गर्नुपर्दछ ।
  • कर्ली केशमा कन्डिसनरले ठिक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्दछ । यसबाट केश नरम एवं चम्किलो बनाउछ ।
  • स्याम्पु गर्दा केशलाई बढि नचलाउने । हरेकपल्ट स्याम्पु गरेपछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने ।
  • केश बढि नै सुख्खा छ भने कन्डिसनरको साटो हेयर मोइस्च्वराइजरको प्रयोग गरि केशलाई सफा राख्ने ।
  • जाडो मौसममा जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा २ वटा भिटामिन इ क्याप्सुल मिसाई मसाज गरेमा केशलाई वास्ताविक मोइस्च्वराइजर मिल्छ र केशमा चमक आउछ ।

यसरी केशको हेरचाह गर्न सकेको खण्डमा जाडो मौसममा पनि केशलाई सफा र चम्किलो बनाउन सकिन्छ । केशको स्याहार पछि हेयर ड्रयरले केश सुकाउनाले,घाममा बस्दा केश खुल्ला छोड्नाले बिस्तारै केशको चमक बिस्तारै हराएर जान्छ र पुन सुख्खा हुन्छ ।

त्यसैले घाममा बस्दा जहिले पनि केश छोप्नुपर्दछ । यसरी कपालको स्याहार गर्र्दा पनि समस्या उस्तै भएमा ब्यूटि एक्सपर्ट कहाँ वा छालारोग विशेषज्ञहरुबाट परामर्श लिनु राम्रो हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *