मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाको मिर्गौला झिक्ने तयारी

काठमाडौँ, २४ मंसिर – भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईले मस्तिस्क मृत्यु भएका व्यक्तिको मिर्गौला झिक्ने तयारी गरेको छ ।

गत साता मन्त्रीपरिषदको बैठकबाट अंग प्रत्यारोपण नियमित तथा निशेध नियमावली २०७३ पास भएपछि इकाईले मस्तिस्क मृत्यु भएका व्यक्तिबाट अंग झिक्ने तयारी थालेको हो । त्यसो त नियमावली पास भएपछि चिकित्सा विधामा अत्यन्त्यै जटिल मानिने प्रत्यारोपण समेत सुरु भईसकेको छ ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नियमावली आइसकेपछि मस्तिस्क मृत्यु भएका व्यक्तिबाट अंग लिने तयारीमा आफूहरु लागेको बताए । उनले परिबारले इच्छा जाहेर गरेको खण्डमा अस्पतालले खवर गर्नासाथ समन्वय इकाईबाट प्राविधिक टोली गएर अंग झिक्ने र प्रत्यारोपण गर्ने बताए ।

मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो, सानो आन्द्रा, पेन्क्रियाज, छाला लगायतका महत्वपूर्ण अंग झिक्न सकिने भएपनि अहिले मिर्गौलाको मात्रै सहज प्रत्यारोपण हुने भएको भन्दै सो अंग मात्रै झिक्ने तयारी भएको हो ।

‘हामीलाई विभिन्न अस्पतालबाट खबर आउन थालिसकेको छ । सम्भवत आज भोलीमै मस्तिस्क मृत्यु भएका व्यक्तिबाट अंग झिक्ने काम हुनसक्छ,’ डा. श्रेष्ठले भने ।

मस्तिस्क मृत्यु भएकाको अंग कसरी दिने र लिने ?

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा अंगदान समन्वय इकाई छ । त्यो इकाईले अंग झिक्ने र कसलाई प्रत्यारोपण गर्ने निर्णय गर्छ । डा. । श्रेष्ठ भन्छन्, ‘कुनै अस्पतालमा कसैको मस्तिस्क मृत्यु भयो र परिबारले अंगदान गर्न चाह्यो भने अस्पतालले समन्वय इकाईलाई खवर गर्छ । इकाईका प्राविधिक तत्काल अस्पतालमा पुग्छन र अंग झिक्छन् र प्राथमिकताका आधारमा आवश्यक व्यक्तिमा ती अंग प्रत्यारोपण हुन्छ ।

अंग लिनका लागि चाहिने व्यक्तिले पनि समन्वय इकाईमा सूचिकृत हुनुपर्छ । इकाईले प्राथमिकताको मापदण्डको आधारमा जसले बढी स्कोर प्राप्त गर्छ उसले पहिले अंग पाउछ । जस्तै बढी समय देखि पर्खेको, अंग म्याँच भएको, उमेर मिलेको, महिला लगायतका स्कोरिङ छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाको मिर्गौला झिक्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *